स्थानीय तह उपनिर्वाचन ः रौतहटका तीन पालिकामा वडाअध्यक्ष पदका लागि ४५ जनाले गराए उम्मेदवारी दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ मंसिर ३, सोमबार (१ साल अघि)
  • ३ पटक पढिएको
स्थानीय तह उपनिर्वाचन ः रौतहटका तीन पालिकामा वडाअध्यक्ष पदका लागि ४५ जनाले गराए उम्मेदवारी दर्ता

रमेश कुमार यादब
मंसिर ०३, रौतहट

रौतहट जिल्लाका तीन वटा पालिकामा मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आईतबार उम्मेदवारी दर्ता
गराइएको छ । गढिमाई नगरपालिका(८, ईशनाथ नगरपालिका(७, र राजपुर फरहदवा नगरपालिका(६ मा वडाअध्यक्ष पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ४५ जनाले मनोनयन दर्ता गराएका छन्। गढिमाई नगरपालिका(८ मा कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

गढिमाई नगरपालिका–८ मा १६ जना उम्मेदवार वडाअध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । यहाँको चुनाव नेपाली कांग्रेसका प्रदेश सभापति तथा पूर्वमन्त्री कृष्ण यादव सहित गढिमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादब समेतको गृह वडा हुने भएकाले यसले विशेष चासो र प्रतिस्पर्धा बटुलेको छ । नेपाली कांग्रेसबाट वडाअध्यक्षका लागि सुवोध यादवले उम्मेदवारी दर्ता गराएका छन् । दलबलका साथ मनोनय दर्ता गराउन आएका वडाअध्यक्ष पदका उम्मेदवार यादबले आफ्नो जित जनताको हकहितको लागी हुने छ, बताउनु भएका थिए ।

यसैगरी, यसअघि जसपाबाट निर्वाचित वडाअध्यक्ष रामअंज्ञा यादवको निधन भएपछि उनको पत्नी ज्युति देवी यादव नेकपा एमालेमा प्रवेश गरी वडाअध्यक्षका लागि उम्मेदवार बनेकी छिन् । नेकपा एमालेले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै चुनाव जित्ने लक्ष्यमा रहेका छन । अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले पनि बलियो रणनीति अपनाएको जनाइएको छ। यसै गरी ईशनाथ नगरपालिका-७ मा १५ जना उम्मेदवारले आफ्नो मनोनय दर्ता गराएका छन ।

ईशनाथ नगरपालिका(७ मा १५ जनाले वडाअध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन्। प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), र जनमत पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
यहाँ पनि दलहरूले आफ्ना उम्मेदवारलाई जिताउन विशेष रणनीति बनाएका छन्।

त्यसै गरि राजपुर फरहदवा नगरपालिका(६ मा वडाअध्यक्ष पदका लागी जम्मा १४ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन कार्यालयले जानकारी दिएका छन । राजपुर फरहदवा नगरपालिका(६ मा वडाअध्यक्ष पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । मुख्य राजनीतिक दलहरूबाहेक स्वतन्त्र उम्मेदवारहरूको पनि बलियो उपस्थिति देखिएको छ ।

निर्वाचनलाई लिएर चासो र सरगर्मी धेरै नै बढेको छ । तीनै वडामा उम्मेदवारहरू घरदैलो कार्यक्रम, मतदाता भेटघाट, र प्रचारप्रसारमा आजै देखि सक्रिय भएका छन् । दलका शीर्ष नेताहरूले पनि यी वडाहरूलाई प्राथमिकतामा राख्दै आफ्नो उपस्थितिलाई बलियो बनाउन काम गरिरहेका छन् ।

निर्वाचनको तयारी तीव्र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। आगामी मंसिर १६ गतेका लागि सबै तयारीहरू अन्तिम चरणमा पुगेको छ । सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापन, र मतदाता शिक्षाका कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ ।
तीन वडामा मतदाताको संख्या
गढिमाई नगरपालिका-८ मा २,६०० भन्दा बढी मतदाता रहेका नगर प्रमुख श्यामप्रसाद यादबले जानकारी दिएका छन । ईशनाथ नगरपालिका-७ मा ३,००० र राजपुर फरहदवा नगरपालिका-६ मा २,४५० मतदाताहरूले मतदान गर्ने अनुमान गरिएको छ । यस उपनिर्वाचनले रौतहटको राजनीतिक स्थितिमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ । प्रमुख दलहरूले यो चुनावलाई आगामी संघीय र प्रदेश चुनावको तयारीको रूपमा लिएका छन् । साथै मङ्सिर १६ गते हुने मतदानपछि मात्र विजयी उम्मेदवारहरूको टुंगो लाग्नेछ, तर अहिले नै तीव्र प्रतिस्पर्धाको संकेत देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस