ईशनाथ–७ मा सुर्यलाई पछि पार्दै नेपाली कांग्रेसका खलिल विजयी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ मंसिर १६, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
ईशनाथ–७ मा सुर्यलाई पछि पार्दै नेपाली कांग्रेसका खलिल विजयी

रमेश कुमार यादब
मंसिर १६, रौतहट

रौतहट जिल्लाको ईशनाथ नगरपालिका(७ मा नेपाली कांग्रेसका उम्मेदवार शेख अब्दुल खलिलले जित हात पारेका छन्। खलिलले ६ सय २७ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवरले ५ सय ७५ मत प्राप्त गरे । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार सदरे आलमले ४ सय ५२ मत प्राप्त गरे भने जनमत पार्टीका उम्मेदवार शेख जमिरुल हकले १ सय ३५ मतमा सन्तोष मान्नुपरेको छ ।

ईशनाथ(७ मा कुल २ हजार ७ सय ७ मतदाता रहेकोमा १ हजार ८ सय ७० मत खसेको थियो । यसपालीको मतदानमा उल्लेखनीय उत्साह देखिएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिए । उनका अनुसार ६९.१२ प्रतिशत मत खसेको थियो । चुनावका क्रममा सबै दलका उम्मेदवारले जनताका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । विजयी उम्मेदवार शेख अब्दुल खलिलले आफ्नो कार्यकालमा क्षेत्रको विकासमा प्राथमिकता दिने र जनताको विश्वासलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो जितसँगै नेपाली कांग्रेसले ईशनाथ(७ मा आफ्नो पकड कायम गरेको छ । भने, एमाले, एकीकृत समाजवादी र जनमत पार्टीका उम्मेदवारले आफ्नो पक्षमा पर्याप्त मत तान्न नसकेको विश्लेषण गरिएको छ । स्थानीय बासिन्दाहरूले चुनावी नतिजाप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले नेपाली कांग्रेसको जितलाई सकारात्मक मानेका छन् भने केहीले अन्य दलहरूको निराशाजनक प्रदर्शनप्रति असन्तोष व्यक्त गरेका छन् । यस निर्वाचनले आगामी स्थानीय चुनावहरूमा दलहरूको रणनीतिमा के कस्तो परिवर्तन ल्याउँछ भन्ने कुराप्रति सबैको चासो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस