रौशन कुमार चौधरी
मंसिर १८, रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ६, दुधियाभारमा हरेक पाँच वर्षमा आयोजना हुँदै आएको ऐतिहासिक गढिमाई मेलाको उद्घाटन भव्य रुपमा सम्पन्न भएको छ । गढिमाई संरक्षण समितिको आयोजनामा मंसिर २६ गतेसम्म सञ्चालन हुने यो मेलालाई कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जैसवाल र गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले एक विशेष कार्यक्रमका बीच संयुतmरुपमा उद्घघाटन गर्नु भएको हो ।
उद्घाटन समारोह गढिमाई संरक्षण समितिका अध्यक्ष बनहु ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गढिमाई मुल मेला व्यवस्थापन समितिका संयोजकसमेत रहेका नगरप्रमुख अजय प्रकाश जैसवाल प्रमुख अतिथिका रुपमा उपस्थित रहनु भएको थियो भने गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणि प्रसाद जैसवाल विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो । प्रमुख अतिथि जैसवालले मेलालाई भव्य र व्यवस्थित बनाउन सबै पक्षलाई एकजुट भएर सहयोग गर्न आग्रह गर्नुभयो । गढिमाई मेलाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वबारे खुलेर चर्चा गर्नु भएका थिए ।
मेलालाई भव्य र व्यवस्थित बनाउनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने उनले जोड दिएका थिए । मेलाको व्यवस्थापनमा कटहरिया नगर प्रमुख अजय प्रकाश जैसवालको विशेष चासो र पहल रहेको आयोजकहरूले पनि बताएका छन् । स्थानीयवासीले यसपटकको मेलामा विशेष रौनकता थपिएको अनुभव गरेका छन् । मेलामा आउने दर्शनार्थी र पर्यटकहरूका लागि सुरक्षा व्यवस्था र आधारभूत सेवाहरू पनि उपलब्ध गराइएको छ ।साथै गढिमाई मेलाको बारेमा आवश्यक पर्ने बिभिन्न प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।त्यति मात्र नभएर गढिमाई मेला लगाउन जग्गाको अभाव हुँदा छिटो भन्दा छिटो जग्गा उपलब्ध गराउने नगर प्रमुख जैसवालले बताउनु भयो ।
सोहि कार्यक्रमको सम्बोधन गर्दै बिशिष्ट अतिथिको रुपमा रहनु भएका गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले उपस्थित सबैलाई स्वागत गर्दै भने हाम्रो लागी यो अति नै गौरभको कुरा हो किन भने यो पन्चबर्षिय गढिमाई मन्दिर एक वटा होईन दुई वटा नगरपालिकाको संयुतm रुपमा रहेको हुँदा यसलाई अरु ठाउँ भन्दा राम्रो बनाउन एक जुट हुनु अति आवश्यक रहेको बताउनु भयो । त्यति मात्र नभएर यस मेला बाहिरबाट आउने दर्शनार्थीहरुको लागी बिश्रामको अवस्था नरहेको हुँदा गरुडा नगरपालिकाबाट २०८२\०८३ मा २० लाख बजेट निर्धारण गरि सामुदायिक भवन बनाउने भनि प्रतिबद्धता जनाउनु भएको थियो ।
साथै नगर प्रमुख जैसवालले मेलाले स्थानीय संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।
गढिमाई मेलाको उद्घाटनसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम र गतिविधिहरू सञ्चालनमा आएका छन् । मेलामा परम्परागत खेल तमासा, कुस्ती प्रतियोगिता, र विभिन्न सांस्कृतिक प्रस्तुतीहरू आयोजना गरिएको छ । मेलामा स्थानीय संस्कृति झल्काउने नृत्य, संगीत र परम्परागत भोजनका परिकारहरू पनि आकर्षणका रूपमा प्रस्तुत गरिएका छन् ।गढिमाई मेला धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिन्छ। विशेष गरी हिन्दू धर्मावलम्बीहरूको ठूलो आस्थाको केन्द्रका रूपमा परिचित गढिमाई मन्दिरमा हजारौं भक्तजनले पुजाआजा गर्ने परम्परा छ ।
मेलाको माध्यमबाट स्थानीय व्यापार, पर्यटन, र सांस्कृतिक आदानप्रदानमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
मेलामा सहभागी हुन रौतहट र आसपासका जिल्लाहरूबाट मात्रै होइन, नेपालका विभिन्न ठाउँ र भारतबाट समेत हजारौं श्रद्धालु तथा पर्यटकहरूको आगमन हुने अपेक्षा गरिएको छ ।
मेलाको समापन मंसिर २६ गते विशेष कार्यक्रमसहित गरिने छ । आयोजक समितिले मेलालाई सफल बनाउने उद्देश्यले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । मेलाले धार्मिक आस्था, सांस्कृतिक पहिचान र स्थानीय अर्थतन्त्रमा योगदान दिने भएकाले यसले सम्पूर्ण क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । उद्धघाटन कार्यक्रम गरुडा नगरपालिकाको मेयर प्रत्याशि बृजकिशोर यादब, प्रदेश सभा सदस्य ,गरुडा नगरपालिकाको वार्ड नं.५ का वडाअध्यक्ष रामबिनोद जैसवाल लगायत सकडौं मानिसहरुको उपस्थिती रहेको थियो ।