रमेश कुमार यादब
मंसिर १८, रौतहट
रौतहट जिल्लाको सुन्दरपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेला मंगलबारबाट विधिवत रूपमा सुरु भएको छ । एशिया महादेशकै दोस्रो ठूलो धार्मिक महोत्सव मानिने यो मेला गढीमाई नगरपालिका वडा नं. ४ सुन्दरपुरस्थित गढीमाई मन्दिरमा सम्पन्न हुने गर्दछ । मेला मंसिर १८ देखि मंसिर २६ गतेसम्म जारी रहनेछ । मंगलबार आयोजित भव्य उद्घाटन समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री रहेका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पानसमा बत्ती बालेर मेलाको उद्घाटन गरेका थिए ।
समारोहमा उनले गढीमाई मेलाको ऐतिहासिक, धार्मिक, र सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै यस मेलालाई अझ सभ्य र भव्य बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
उहाँले गढीमाई मेला हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मात्रै नभई राष्टिूय तथा अन्तर्राष्टिूय रूपमा समेत महत्त्वपूर्ण भएको बताएका थिए । “यो देवीको आराधना र भाकल पूरा गर्ने पवित्र स्थल मानिन्छ । तन, मन, र श्रद्धाले पूजा गर्दा मात्र यो मेलाको सार्थकता रहन्छ,“ उनले भने । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले देशको अर्थतन्त्र सुधार गर्न वर्तमान सरकारले विभिन्न प्रयास गरिरहेको समेत बताएका थिए ।
“राजनीतिक अस्थिरताका कारण बिग्रिएको अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले दृढतापूर्वक काम गरिरहेको छ । आगामी दिनमा यो मेला जस्तै देशको समृद्धिका लागि हामी सबैले एकताबद्ध भएर लाग्नुपर्छ,“ उनले भने । उहाँले बाराको गढीमाई मेलापछि
रौतहटको गढीमाई मेला विश्वमै प्रसिद्ध रहेको र यस मन्दिर तथा मेलाको महत्त्व देशभरका नागरिकमाझ प्रचार(प्रसार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । गढीमाई मेलाको सफलताको कामना गर्दै उनले मेलामा सहभागी भएका भक्तजनलाई अनुशासन र श्रद्धाको वातावरण कायम राख्न आग्रह समेत गरेका थिए ।
त्यसतै उक्त मेलाको मुल समितिको अध्यक्ष एवम् नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादबले भने यो गढीमाई मेला प्रत्येक पाँच वर्षमा एकपटक भव्य रूपमा आयोजना गरिन्छ । यस मेलामा देशका विभिन्न स्थानका साथै भारत लगायतका अन्य देशका भक्तजनहरूको बाक्लो उपस्थिति हुन्छ । मेलामा धार्मिक अनुष्ठान, पूजापाठ, तथा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको बताउनु भयो । मेलाको व्यवस्थापनका लागि स्थानीय तह, सुरक्षा निकाय, तथा विभिन्न धार्मिक संस्थाहरूले सहकार्य गरेका छन् ।
मेला क्षेत्रलाई स्वच्छ, सुरक्षित, र व्यवस्थित बनाउन विशेष पहल गरिएको नगर प्रमुख यादबले बताए । यो मेला केवल धार्मिक पूजा(अर्चनामा मात्र सीमित नभई स्थानीय व्यापार, पर्यटन, र सांस्कृतिक आदान(प्रदानको महत्त्वपूर्ण माध्यम समेत बनिसकेको जानकारी दिनु भएको हो । त्यसतै गढीमाई नगरपालिकाको प्रवक्ता तथा मेला व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने भक्तजनहरूले देवी गढीमाईलाई आफ्नो मनोकामना पूरा हुने विश्वास राखी पूजाआजा गर्दछन् ।
यो मेलामा मंसिर २० गते भोजपुरी जगतका सुपर स्टार खेसारीलाल यादब आउने भएको बताउनुको साथै सांस्कृतिक कार्यक्रमहरूसँगै स्थानीय कला र परम्पराको झलक पनि प्रस्तुत गर्ने बताउनु भएको थियो ।। यस मेलाले स्थानीय व्यापारी, व्यवसायी, र कृषि क्षेत्रलाई आर्थिक रूपमा लाभ पु¥याउँने बिश्वास ब्यतm गर्नु भएका थिए । मेलाको समापनको दिन विशेष रूपमा पूजा र धार्मिक अनुष्ठान गरिन्छ । यस अवसरमा स्थानीय तथा बाह्य भक्तजनहरूको ठूलो जमघट हुने पनि बताउनु भयो ।
त्यति मात्र नभएर स्थानीय बासिन्दा, सुरक्षा निकाय, तथा प्रशासनको सहयोगमा मेलालाई व्यवस्थित बनाउन सबै तयारी पूरा भएको मेला ब्यवस्थान समितिका अध्यक्ष श्रेष्ठले जनाउनु भयो । उद्धघाटन समारोहमा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा प्रसाद यादव,
मधेश प्रदेशका अर्थ मन्त्री सुनिल भन्ने जितेन्द्र कुमार यादव, प्रदेश सांसद शेख फूलबाबु, माधव नारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादव, गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल, गढिमाई नगरपालिकाको वार्ड नं.१ का वडाअध्यक्ष रामपुकार यादब,४ नं.का वडाअध्यक्ष चुल्हाई राय यादब, पुर्ववडाअध्यक्ष रामबिनय यादब, स्थानिय रबिन्द्र यादब लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।