रमेश कुमार यादब
मंसिर १९, रौतहट
रौतहट जिल्लाको गढीमाई नगरपालिकाको वार्ड नं. १ हरैयामा आयोजना हुने पाँचवर्षीय गढीमाई मेला बुधबारदेखि विधिवत रूपमा सुरु भएको छ । मेलाको उद्घाटन नेपाल सरकारका संघीय वन तथा वातावरणमन्त्री माननीय रूपा विश्वकर्मा र नेपाली कांग्रेस मधेश प्रदेशका सभापति एवं पूर्व मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री माननीय कृष्णप्रसाद यादवले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको हो ।
पाँच दिनसम्म सञ्चालन हुने यस मेलामा स्थानीयदेखि राष्टिूयस्तरका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ । मनोरञ्जनका लागि झाँकी प्रदर्शन, अल्हा रुदल, नाचगान तथा अन्य रोचक प्रस्तुति आयोजना गरिनेछ । मेलामा कलकत्ताबाट आएका चर्चित कलाकार खेसारी लाल–२ र अन्य डान्सरहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।त्यति मात्र नभएर गढीमाई मेला धार्मिक र सांस्कृतिक दृष्टिले मात्र नभई स्थानीय आर्थिक गतिविधिका लागि पनि महत्वपूर्ण मानिन्छ ।
मेलामा आउने तीर्थालु र पर्यटकहरूलाई लक्षित गर्दै विभिन्न खाद्य स्टल, खेलकुद सामग्री, हस्तकला, र अन्य उत्पादनहरूको प्रदर्शनी पनि गरिने आयोजक समितिले जनाएको छ ।गढीमाई मेलाको व्यवस्थापनमा स्थानीय स्तरका व्यक्तिहरूको उल्लेखनीय योगदान रहेको छ। पूर्व वडाअध्यक्ष तथा मूल मेला समिति संयोजक राम विनय यादवले मेलाको व्यवस्थापन र सञ्चालनका लागि सबैले सहकार्य गरेको जानकारी दिनुभयो ।
मेलामा स्थानीय व्यापारीहरूले पनि व्यापारिक गतिविधि सञ्चालन गर्नेछन्, जसले मेलालाई थप जीवन्त बनाउने विश्वास गरिएको छ । मेलाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै संघीय वन तथा वातावरणमन्त्री रूपा विश्वकर्माले मेलाको सांस्कृतिक, धार्मिक, र सामाजिक महत्त्वको चर्चा गर्नुभयो । उहाँले वर्तमान सरकारले जनताको हकहितका लागि काम गरिरहेको बताउँदै मेलाले स्थानीय विकास र पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मेलाले स्थानीय स्तरमा धार्मिक, सांस्कृतिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले मेलाले स्थानीय स्तरमा मात्र नभई राष्टिूय र अन्तर्राष्ट्रिय पर्यटकलाई समेत आकर्षित गर्ने बताउनु भएको थियो । उहाँले मेलाले समुदायबीच एकता र मेलमिलापको सन्देश प्रवाह गर्ने कुरामा जोड दिनु भएको थियो ।
गढीमाई मेला रौतहट जिल्लामा मात्र नभई आसपासका क्षेत्रमा पनि महत्वपूर्ण मानिन्छ । मेलामा धार्मिक, सांस्कृतिक र आर्थिक गतिविधि सम्पन्न हुने भएकाले यसले स्थानीय जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । पाँच दिनसम्म चल्ने मेलामा लाखौँ दर्शनार्थी र आगन्तुकहरू सहभागी हुने अनुमान गरिएको छ । मेलालाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
साथै, मेलाको सफलताका लागि स्थानीय प्रशासन, समुदाय र अन्य सरोकारवालाहरूले सक्रिय रूपमा भूमिका निर्वाह गरेका छन् । सो अवसरमा विशिष्ट अतिथि पूर्व मन्त्री मधेश प्रदेश सांसद मा. अबुल कलाम आजाद, पूर्व ष्नउ सर्वेन्द्रनाथ खनाल, गढिमाई नगर प्रमुख श्याम यादव, अतिथि जसपा नेपालको जिल्ला सह इन्चार्ज राजकुमार दास तत्मा , नेकपा एसका नेता बृज किशोर यादव गढिमाई नगरपालिका (१ वाडा अध्यक्ष राम पुकार यादव, नेका नेता रामनारायण यादव, वाडा अध्यक्ष प्रविन सिंह यादव लगायत हजारौं मानिसहरुको उपस्थित रहेको थिए ।