रविमाथि सरकारको व्यवहार प्रतिशोधपूर्ण ः प्रचण्ड

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ मंसिर २४, सोमबार (१ साल अघि)
  • ३ पटक पढिएको
रविमाथि सरकारको व्यवहार प्रतिशोधपूर्ण ः प्रचण्ड

वर्तमानकाल सम्वाददाता
मंसिर २४ गते ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारको निन्दा समेत गरेका छन्

सामाजिक सञ्जालमा उनले लेखेका छन्( ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

ताजा अपडेट

खोजी गर्नुहोस