रमेश कुमार यादब
मंसिर २५, रौतहट
हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्टिूय नाराका साथ ३३औं अन्तर्राष्टिूय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बृन्दावनमा मनाईएको हो । लैंगिक हिंसा अन्त्य गर्ने उद्देश्यले देशव्यापी रूपमा सञ्चालन भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबार रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.८ र ९ नम्बरमा मनाईएको छ ।।
देशव्यापी रूपमा १६ दिनसम्म मनाइने यो अभियान अन्तरर्गत विभिन्न कार्यक्रम गरी मनाईदै छ । अभियान अन्तरर्गत प्रभात फेरी, अन्तरक्रिया, (याली, अन्तरक्रिया गरिदै आएको हो ।
यसैवीच रौतहटका विभिन्न पालिकाहरुमा समेत यो अभियान संचालन गर्दै आईरहेको छ । अभियानकै क्रममा रौतहटको बृन्दावनमा मंगलबार जनचेतना तथा (याली कार्यक्रम सम्पन्न भएको छ । अभियानको मंगलबार अन्तिम दिन बृन्दावन नगरपालिकाको वार्ड नं.८ र ९ को अधिकाश महिलाहरु, नागरिक समाज, महिला अधिकारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतका व्यक्तिले हात हातमा प्ले कार्ड लिएर जनचेतना तथा (याली गरेका थिए ।
सहभागीहरुले घरबाटै शुरू गरौं, लैंगिक हिंसा अन्त्य गरौं, लैंगिक हिंसा नगरी सम्मान व्यवहार गरौं, बालविवाह अन्त्य गरौं, जस्ता लेखिएको प्ले कार्ड बोकेर उनीहरूले बृन्दावनको भुसहा र आकडपाथड गाउँको परिक्रमा गरेका थिए । बृन्दावन नगरपालिकाको आयोजना तथा रोयमको समन्वयमा जनचेतना तथा रयाली कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागीहरूले हिंसा प्रभावित महिलाको न्यायमा पहुँचको कमी भएको र उनीहरूको न्यायमा पहुँच बढाउनपर्ने जरूरी रहेको धारणा राखेका थिए ।
जनचेताना तथा रयाली कार्यक्रमको सम्बोधन गर्दै बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मिले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको जनाए । उनले अझै महिला हिंसामा कमी आउन नसकेको बताएका थिए । राज्यले लैंगिक हिंसा अन्त्य गर्नका लागि बनाइएको कानुन प्रभावकारी रूपमा कार्यान्वन नहुँदा लैंगिक हिंसा बढ्दै गएको उनले बताए । लैंगिक हिंसा नियन्त्रणका लागि सरकारले बनाएको कानुन कडाइका साथ लागू गर्ने तर्फ लाग्नुपर्ने धारणा उनले राखेका थिए ।
त्यसतै बृन्दावन नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले भने सबैले मिलेर लैंगिक हिंसा अन्त्य गर्ने तर्फ लाग्नुपर्ने बताए । लैंगिक हिंसाका कारण गाउँ समाजमा विभिन्न घट्ना बढेको भन्दै उनले लैंगिक हिंसा नियन्त्रणका लागि आ–आफ्ना स्तरबाट सबैलाई लाग्नुपर्ने जनाएका थिए । अशिक्षा, गरिवी, बेरोजगारी, चेतनाको कमी आदिले गर्दा महिला, बालबालिका माथि अनेक किसिमको हिंसा भइरहेको भुजेलले उल्लेख गरेका थिए । उनले हिंसा अन्त्यका लागि प्रहरीले गर्ने कानुनी कारवाहीमा समेत सबैलाई सहयोग गर्नुपर्ने बताए ।
प्रहरीले यस्ता घट्ना हुन् नदिन प्रभावकारी ढंगले कानुनी कारवाही गरिरहेको बताएको छ । रोयमका संयोजक सिन्दु साहले देशव्यापी रूपमा सुरू भएको लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानले लैंगिक हिंसा अन्त्य गर्न ठूलो मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छिन् । १६ दिने अभियानका क्रममा लैंगिक हिंसा अन्त्य गर्नका लागि जिल्लाका विभिन्न ठाउँमा महिला तथा बालिकामाथि भएको विभेद र हिंसा बारे प्रतिकात्मक नाटक प्रदर्शनी, सरोकारवाला पक्षहरूसँग बृहत् भेला, गोष्ठी लगायत कार्यक्रम सञचालन
गरिने संयोजक साहले बताइन् ।
यस्ता कार्यक्रमले बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, एसिड आक्रमण, प्रजननमा जबर्जस्ती, महिला शिशु हत्या, भ्रूण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हुने हिंसा, अपहरणद्वारा विवाह र जबर्जस्ती विवाह, बालविवाह, बहुविवाह, कुटपीट, मानसिक यातना लगाएतका घटनामा कमी ल्याउन ठूलो टेवा पु(याउने उनले विश्वास व्यक्त गरिन् ।
कार्यक्रमका अध्यक्षता ग्रहण गरिरहनु भएका तथा बृन्दावन नगरपालिकाको नगर उप–प्रमुख संगिता देवी रामले समाजमा जस्तो सुकै परिवर्तन भए पनि महिलाले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् भनिन् । उनले महिलामाथि हुने हिंसाका घटनामा कमी आउन नसकेको बताइन् । महिलाको लागि शिक्षामा पहुँच र सम्पत्तिमाथिको स्वामित्व स्थापितगरी कुरीति र कुसंस्कार अन्त्य गर्नुपर्ने जनाइन् । विधुवा प्रथा, घुम्टोप्रथा, बाल तथा अनमेल विवाह प्रथाको अन्त्य गरिनुपर्ने उनले बताइन् ।
त्यसका लागि महिला हिंसा विरुद्ध बनेका राष्टिूय तथा अन्तर्राष्टिूय कानूनको व्यवहारिक कार्यान्वयनसँगै बोक्सी प्रथा र घरेलु तथा महिलाहिंसा विरुद्धको कडा कानून निर्माण, दाईजो दिने वा लिनेलाई कडाकारवाही गरी कुनैपनि खाले भेदभाव विरूद्ध दण्ड र सजायको व्यवस्था हुन सके मात्र महिलामाथि हुने हिंसा कमगर्न सकिने उनको भनाइ थियो ।
बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिको प्रमुख आतिथ्यता तथा सोहि पालिकाको नगर उप(प्रमुख संगिता देवी रामको अध्यक्षतामा सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा समाजसेवी प्रेमलाल राउत, हरि नरायण कुर्मि , शिक्षा संयोजक उपेन्द्र महतो, रोजगार संयोजक हरेराम पंडित, रोयम परिचालक गुन्जा साह, गोबिन्द महतो समाजका अगुवा, सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको रोजगार संयोजक हरेराम पंडितले जानकारी दिएका छन ।।