रमेश कुमार यादब
मंसिर २६, रौतहट
गरुडा नगरपालिकाको वार्ड नं. ५, शिवनगरमा नेपाल सोनार समाजद्वारा निर्माण गरिने धर्मशाला भवनको बुधबार शिलान्यास
गरिएको छ । यो शिलान्यास कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल र नेपाल सोनार समाज रौतहटका अध्यक्ष कामेश्वर प्रसाद साहले पुरोहितद्वारा विधिवत् मन्त्रोच्चारण गरी धर्मशालाको जग हाल्नुभएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जैसवालले यस धर्मशालाले गरिब, विपन्न परिवारहरूलाई ठूलो राहत दिने विश्वास व्यक्त गर्नुभयो । शिवनगर र आसपासका सम्पूर्ण नागरिकहरूको हितका लागि यो भवन महत्वपूर्ण हुनेछ भन्ने उद्देश्यले शिलान्यास गरिएको उहाँले बताउनु भएको थियो ।
यस सराहनीय कार्यको प्रशंसा गर्दै प्रमुख जैसवालले गरुडा नगरपालिकाको तर्फबाट धर्मशाला निर्माणका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । नगर प्रमुखले थप रूपमा भन्नुभयो, “जनताले मलाई घरभित्र लुकेर बस्नको लागि नभई, जनताको नोकर बनेर काम गर्नको लागि निर्वाचित गरेका छन् । म जनताको सुख(दुःखमा सधैं साथ रहनेछु ।“ बिपक्षीहरुले जति झालझोल गरेपनि आफु कसैसंग डराएर बस्नको लागी होईन काम गर्नको लागी निर्वाचित भएको बताउनु भयो ।
नगर प्रमुख जैसवालले सोहि वार्ड स्थित रहेको स्वास्थ्य चौकीमा विगत केहि महिना अगाडी औषधी गराउन गएका एक जना गेडीगुठी, सोहि पालिकाको दुई जनाको मृत्यु भएको थियो सो घटनाको दुख बुझदै हार्दिक श्रदान्जली अर्पण गरेका थिए ।त्यसतै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले धर्मशाला निर्माणमा व्यक्तिगत तर्फबाट १० हजार ईँट्टा सहयोग गर्ने घोषणा गर्नुभयो ।
उहाँले स्थानीयस्तरमा यस प्रकारको सामाजिक कार्यले समुदायमा एकताको भावना बढाउने बताउनु भएको थियो । साथै पालिकाबाट हुने हरेक प्रकारको सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो । सोही अवसरमा, वार्ड नं. ५ शिवनगरका वडाअध्यक्ष रामबिनोद साहले पनि वार्ड कार्यालयको तर्फबाट २ लाख १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । वडाअध्यक्ष साहले भन्नुभयो, “धर्मशालाको निर्माणले यस क्षेत्रका बासिन्दाहरूलाई ठूलो राहत प्रदान गर्नेछ र धार्मिक तथा सामाजिक गतिविधिहरूलाई अझ सहज बनाउनेछ ।
“त्यसै गरी सोहि कार्यक्रमका अतिथिको रुपमा रहनु भएका कटहरिया नगरपालिकाको वार्ड नं.५ का वडाअध्यक्ष चन्दन कुश्वाहाले १ लाख रुपैंया सहयोग गर्ने मन्चबाट नै उदघोष गर्नु भएको थियो । त्यसै गरी सोहि शिलान्यास कार्यक्रममा नेपाल सोनार समाज
रौतहटका बिरिष्ट सल्लाहकार तथा सुन चाँदी ब्यवसाय महासंघ मधेश प्रदेशका सभापति रामजी साहले यो धर्मशाला कुनै जातिगत वा कुनै ब्यतिmगत नभएर आवश्यक पर्ने जुनसुकै ब्यतिmको लागी भएको भन्दै यस कार्यको थालनी भएको बताउनु भयो ।
यो एउटा जातिको मात्र एकता र सक्रियता जनाएर यस कार्यको सुरुवात गरेको जनाउनु भएको थियो । नेपाल सोनार समाजका अध्यक्ष कामेश्वर प्रसाद साहले समाजको तर्फबाट सबै स्थानीय बासिन्दाहरूलाई र सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै धर्मशालाको निर्माणमा साथ र सहयोगको अपेक्षा राख्नुभयो। उहाँले यस भवनले धार्मिक गतिविधिहरूका साथै सामाजिक सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष साहले यो भवन निर्माणले सामाजिक तथा धार्मिक कार्यलाई प्रवर्द्धन गर्नुका साथै समुदायलाई एकजुट बनाउन सहयोग पु¥याउने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सोनार समाजले स्थानीय क्षेत्रका जनताको सेवामा निरन्तर योगदान गरिरहेको उल्लेख गर्दै समुदायका लागि थप यस्ता कार्य गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । धर्मशाला भवनको शिलान्यास कार्यक्रमले स्थानीय समुदायमा उल्लास थपेको छ। कार्यक्रममा सहभागीहरूले यो परियोजना सफल बनाउन सक्रिय भूमिका खेल्ने वाचा गरेका छन्।
कार्यक्रममा जयकिशोर साह ,मेयर प्रत्याशी अनिल यादव,नेता शेख कल्लिमुलाह, ,किशुनदेव गिरी,पु्र्व वडा अध्यक्ष सम्भु प्र.गुप्ता,अध्यक्ष छोटेलाल साह तेली,वडा प्रत्याशी रामाकान्त राउत,ूुब साह,ूुव गिरी,लगायत अतिथिहरू,सल्लाहकार,सुनचाँदी व्यवसायी,सोनार समाज,पत्रकार, समेतको उपशथितिमा नेपाल सोनार समाजका स्थानीय प्रतिनिधिहरू, शिवनगर क्षेत्रका समाजसेवी, बुद्धिजीवी, तथा ठूलो संख्यामा स्थानीयबासिन्दाहरूको उपस्थिति थियो ।