रौतहट,२९ मंसिर। नेपाल पत्रकार महासङ्घ रौतहटको अध्यक्षपदमा सञ्जय कुमार कार्की विजयी हुनु भएका छन् ।
शुक्रवार सम्पन्न नेपाल पत्रकार महासङ्घ रौतहटको निर्वाचनको सार्वजनिक भएको मत परिणाम अनुसार १५ मत ल्याएर कार्की निर्वाचित भएका हुन् । नेपाल प्रेस युनियनका उम्मेदवार कार्की आफ्ना निकटतम प्रतिद्वन्द्वीहरू उत्तम उपाध्याय र रवीन्द्र प्रसाद साहलाई ३ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
प्रतिद्वन्द्वीहरू उपाध्याय र साहले १२/१२ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मदन ठाकुर (धनञ्जय) ले केवल ६ मत प्राप्त गरेका छन् ।यस्तै उपाध्यक्षमा डिल्ली बहादुर कार्की निर्वाचित भएका छन् । उनले १८ मत प्राप्त गरेका छन् । कार्कीका निकटतम प्रतिद्वन्द्वी राम एकवाल साहले १५ र पुष्प राज यादवले ११ मत ल्याएका छन् ।
सचिवमा २६ मत ल्याएर गौतम श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी राकेश यादवले १७ मत ल्याएका छन् । सह-सचिवमा जीतेन्द्र पाल श्रीवास्तव र कोषाध्यक्षमा सञ्जय कुमार सहनी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।