रमेश कुमार यादब
पुस ०१, रौतहट
गरुडा नगर प्रहरी आधारभूत तालिम समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको तुलसीलाल स्मृति भवन हलमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । नगर प्रमुख जैसवालले लगनशील, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिए । उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनोट गरिएको पनि स्पष्ट पार्नु भएको थियो ।
नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनोटदेखि आधारभूत तालिमसम्मको जिम्मेवारी ईलाका प्रहरी कार्यालय गरुडालाई सुम्पेका थियौं, नगर प्रहरी प्रमुख जैसवालले भने, गतिशील गरुडा नगरपालिका बनाउने हाम्रो उद्देश्यमा नगर प्रहरीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्नेछ भन्ने विश्वास छ । ’नगर प्रमुख जैसवालले संबिधान र स्थानीय सरकार संचालन ऐन अनुसार नै गरुडा नगरपालिकाले प्रहरी ऐन बनाएर प्रक्रियागत ढंगले नगर प्रहरी स्थापना गरेको जानकारी दिएका थिए । गरुडा ईलाका प्रहरी तालिम केन्द्रका प्रहरी निरिक्षक ओमप्रकाश यादबले नगर पालिकाले आवासिय सुविधा सहित नगर प्रहरीलाई यसखालको तालिम दिनु नमुना योग्य भएको भन्दै प्रशंंसा व्यक्त गरेका थिए ।
प्रहरी निरिक्षक यादबले भने नगर प्रहरीलाई प्रहरीमा हुनु पर्ने गुणहरु, काम, कर्तब्य, अधिकार, तनाव ब्यवस्थापन लगायतहरुको बारेमा जानकारी दिएका बताए । समारोहमा गरुडा नगरपालिकाका प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलमले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथिलाई स्वागत मन्तब्य ज्ञापन गरि दीक्षित भई जाने प्रशिक्षार्थी नगर प्रहरी जवानहरुले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा नगर प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने विश्वास व्यक्त गरेका थिए ।
त्यसतै सोहि कार्यक्रमको सम्बोधन गर्दै गरुडा नगरपालिकाको वार्ड नं.४ को वडाअध्यक्ष सुनिल कुमार जैसवालले भने नगर प्रमुखको अर्थक प्रयास र नगरकार्यपालिकाको सम्पुर्ण टिमको लगनशिलताले हाम्रो टिमलाई एउटा ठुलो उपलब्धि हासिल भएका छन । यस नगर प्रहरीले हाम्रो नगरपालिका भित्र कुनै पनि असोभनिय कार्य भईरहेको छ भने त्यसलाई शान्ति पुर्वक सुल्झाउने छ भने आशिबादी रहेको छु बताउनु भयो । साथै नगर भएको कुनै पनि अपराधिक क्रियाकलापलाई पुर्ण सुझ बुझले कसैमाथि आग्रह पुर्वग्राह नराखि समस्यालाई सुल्झाउन आग्रह गर्नु भएको थियो ।
त्यसै गरि नेकपा एमालेको प्रदेश सदस्य युवा नेता शेख कलिमुल्लाहले भने अब नगरमा नगर प्रहरी भएपछि बिभिन्न प्रकारका हुने झै–झगडा लगायत अप्रिय घटनाहरुबाट राहत हुने भनि आशा ब्यतm गरेका थिए । वहाँले भने हाम्रो पालिकामा हुने कुनै पनि मेला, आमसभा, जुलुश, तनाव ब्यवस्थापन जस्ता कुराहरुलाई साम्य पार्ने एउटा ठुलो टेवा पुग्ने बताउनु भएको थियो । त्यहि प्रशंगमा नेता कलिमुल्लाहले भने नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल निर्वाचित भएदेखि नै आफ्नो नगरको बिकासको लागी लागी परेका छन बताउनु भयो । बिगतमा निर्वाचित नगर प्रमुखले पाँच बर्षको अवधिसम्ममा गर्नु पर्ने कार्य नगर प्रमुख जैसावल आफ्नो अवधिको तिन बर्षमा गरेर देखाएको भन्दै गर्जिएका थिए ।
त्यस कारण बिपक्षीहरुले सधै नै कमजोर कसरी हुन्छ भने लागी रहेका छन त्यस कारण आम नगर समुदायमा नगर प्रमुखले गरिरहेको बिकासको काममा हातोमाले गरि सहयोग अपिल समेत गरेका छन । तालिमका संयोजक प्रहरी निरीक्षक ओमप्रकाश यादबले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै २ महिला र १२ पुरुषगरी १४ जना प्रहरी जवानलाई आवासिय व्यवस्था सहित आधारभूत तालिम प्रदान गरिएको बताए । गरुडा नगरपालिकामा केदार ठाकुरको कमाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवलदार र १० प्रहरी जवान गरी १४ जनाको टोली छ ।
उनीहरु सबैलाई तहगत अनुसार नै नेपाल प्रहरीले पाउने सेवासुविधा उपलब्ध गराइएको छ । गरुडा नगरपालिकाले नगर प्रहरीलाई छुट्टै ब्यारेक नै बनाएको छ । दीक्षान्त समारोहमा गरुडा नगरपालिकाको वार्ड नं.१ का वडाअध्यक्ष शेख वाहब, २ नं. का वडाअध्यक्ष कृष्णनन्दन सहनी, युवा नेता सैलेश जैसवाल, योजना शाखा प्रमुख रामानन्द सहनी, परमानन्द साह, गरुडा नगरपालिकाको कार्यपालिकाका सदस्य, विभिन्न मिडियाकर्मी लगायतका सहभागीता थिए ।