वर्तमानकाल सम्वाददाता
पुस ०४, रौतहट
अनुचित लेनदेन अर्थात मिटरव्याजीको कारोवार गर्ने व्यक्तिलाई प्रहरीले विहिवार पक्राउ गरेका छन् । रामप्रित साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी श्रीभगवान साह र निजको श्रीमती विनिता साह अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौर रौतहटबाट गत मंसिर २० गते पक्राउ पुर्जी जारी भएपछि रौतहट प्रहरीले आज श्रीभगवान साहलाई पक्राउ गर्न सफल भएका हुन् ।
माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवा गाउँका ४१ बर्षिय श्रीभगवान साह र निजको श्रीमती विरुद्ध अनुचित लेनदेन सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी कार्य गरिरहदा आज जिल्लाको शुकदेव चौकबाट पक्राउ परेपनि निजको श्रीमती फरार रहेको श्रोतले बतायो ।
पक्राउ परेका व्यक्ति श्रीभगवान सरकारी कर्मचारी रहेको र उनी कर्णाली प्रदेशमा कार्यरत रहदा त्यहाँबाट घरआएर लुकीछिपी बसी
रहेको कुरा प्रहरीले थाहा पाउने वित्तिकै निजलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले अनुचित लेनदेनमा श्रीभगवान पक्राउ परेको पुष्टि गरे ।
सम्मानित अदालतबाट जारी भएको पक्राउ आदेशलाई पुरा गराउन प्रहरी सक्रिय रहेको र सोही अनुसारको सफलता प्राप्त भएको उनले स्पष्ट पारे । श्रीभगवान साहको पक्राउ पश्चात अनुचित लेनदेन अर्थात मिटरब्याजी कारोवार गर्ने व्यक्तिहरुमा डरत्रास उत्पन्न भएको छ । कहिकतै समातिने त होइन डर छाएका छन् ।