पवन कुमार उपाध्याय
पुस ०४ , रौतहट
गरुडा नगरपालिकाले मुख्य सडक क्षेत्रका फुटपाथ तथा ठेला पसल हटाउने अभियान सुरु गरेको छ । यो अभियान बिहीबारदेखि सुरु गरिएको हो । नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको निर्देशनमा यो अभियान अघि बढाइएको हो । नगरपालिकाका अनुसार मुख्य सडक छेउछाउमा ठेला, अस्थायी पसल तथा अन्य सामग्री राखेर फुटपाथ अतिक्रमण गर्दा पैदलयात्रीलाई आवतजावतमा समस्या भइरहेको थियो ।
यसले गर्दा नगरपालिकाले सडकलाई व्यवस्थित र फराकिलो बनाउन यो कदम चालेको हो । नगर प्रमुख जैसवालले बताए अनुसार अतिक्रमण हटाउन विभिन्न समयमा पत्र काटेर सूचित गरिएको थियो । साथै, सार्वजनिक सूचना जारी गर्दै माइकिङ समेत गरिएको थियो । तर, पटक(पटकको सूचना र आग्रहलाई अटेर गरी ठेला तथा पसल राख्न छाडिएपछि नगरपालिकाले हटाउने अभियान सुरु गर्न बाध्य भएको हो ।
पहिलो चरणमा नगरपालिकाले मुख्य बजार क्षेत्रका ठेला, अस्थायी पसल तथा अन्य अवैध संरचनाहरू हटाएको छ । यसक्रममा केही पसलेहरूले विरोध जनाए पनि नगरपालिकाले आफ्नो अभियानलाई निरन्तरता दिएको छ । नगर प्रमुख जैसवालले भने, “फुटपाथ पैदलयात्रीको लागि हो, ठेलावालाहरूको लागि होइन । हामीले धेरै पटक चेतावनी दिएका थियौं । अब कानून कार्यान्वयनको समय आएको बताउनु भयो ।”
त्यसतै सोहि अभियानमा स्वयम् जुटेका गरुडा नगरपालिकाको प्रशासन शाखा प्रमुख धिरेन्द्र प्रसाद यादबले भने यहाँ सडकमा बिभिन्न समाग्रीहरु राखेको कारण दुघर्टना बढदै गईरहको गुणसोको मध्य नजर गर्दै हामिले यो अभियानमा जुटेका छौ वहाँले भने । फुटपाथ सफा गर्न सुरु गरिएको अभियानलाई स्थानीयवासीले समर्थन गरेका अधिकृत यादबले बताएका छन् । स्थानीबासीहरुले नगरपालिकाले पैदलयात्रीको अधिकार र सुरक्षाको पक्षमा चालेको यो कदम सही भएको बताएका छन् ।
नगरपालिकाले यो अभियानलाई निरन्तरता दिने र अतिक्रमणमुक्त नगर बनाउने योजना बनाएको छ । साथै, अस्थायी पसल तथा ठेलावालाहरूको लागि विकल्पको व्यवस्था गर्न पनि विचार भइरहेको अधिकृत यादबले वर्तमानकाल दैनिक पत्रिकाको बिशेष समाचारदातालाई बताए । सडक र फुटपाथलाई व्यवस्थित बनाउन गरुडा नगरपालिकाले चालेको यो कदमले नगरलाई थप सुन्दर र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।
यो अभियानले सबैको भलो र हकहितको लागी भएको र कसैको काखा र पाखा नगरी एकनासले काम हुने गरि पालिकाले काम
गरिरहेको अधिकृत यादबले बताए । साथै यो अभियान मात्र नगरपालिकाको हो भने होईन यस अभियानमा सम्पुर्ण नगरबासि, ब्यवासायिहरु, बुद्धजिवी ब्यतिmहरुलाई पनि सहभागि भई असल नागरिकको पहिचान दिन अधिकृत यादबले आग्रह समेत गर्नु भएको हो ।
यस अभियानमा रोजगार संयोजक बिकास झा , न्यायिक समितिको तर्फबाट रमेश कुमार यादब, नगरपालिकाको बिभिन्न तहतप्काको कर्मचारी, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, नगर प्रहरीको हवलदार रामनरायण साह, केदार ठाकुर र महिला प्रहरी जलसा चौधरी लगायत स्थानियहरुको पनि सहभागिता रहेको थियो ।