रमेश कुमार यादब
पुस ०७, रौतहट
संयुक्त राष्टूसङ्घको घोषणा अनुसार शनिबार पहिलो पटक ‘विश्व ध्यान दिवस’ नेपाल सहित विश्वभर मनाइएको छ । नेपालमा पनि विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति भन्ने मूल नाराका साथ विभिन्न स्थानमा ध्यान तथा योग कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ । रौतहट जिल्लाको गरुडा नगरपालिकाको सहयोगमा ‘विश्व ध्यान दिवस’को विशेष कार्यक्रम आयोजना गरिएको थियो । गरुडा नगरपालिकाको वार्ड नं. ४ मा रहेको श्रीराम सुगर मिलको प्राङ्गणमा जिल्ला समन्वय समितिका सभापति राम अयोध्या यादवको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गर्दै दिवसको औपचारिक उद्घाटन गरिएको थियो ।

कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल बिशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा नगर प्रमुख जैसवालले ध्यान र योगको महत्त्वबारे चर्चा गर्दै नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुभएको थियो । उहाँले भन्नुभयो, “ध्यान र योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यमा सुधार ल्याउँछ । यसलाई आफ्नो दैनिक जीवनमा समावेश गरौं र निरोगी बनौं ।” कार्यक्रमको सुरुआतमा अतिथिहरूले दीप प्रज्वलन गर्दै शान्ति र सद्भावको प्रतीकका रूपमा दिवसको औपचारिक उद्घाटन गर्नु भएका थिए ।
मधेश प्रदेशको योग प्रशिक्षकका संयोजक सुनिता गौतमको सहकार्यमा विभिन्न योग आसनहरू प्रदर्शन गरिएको थियो । सहभागीहरूले ‘योग गरौं, निरोग बनौं’ भन्ने सन्देशसहित योगाभ्यासमा सहभागीता जनाएका थिए । सहभागीहरूलाई ध्यान सिकाउने सेसन पनि सञ्चालन गरिएको थियो । ध्यान सेसनमा सहभागी भएर धेरैले आफ्नो अनुभव साझा गरेका थिए । प्रमुख अतिथि यादव र नगर प्रमुख जैसवालले ध्यान तथा योगको महत्त्वबारे आफ्नो धारणा राख्दै सबैलाई ध्यानलाई जीवनशैलीमा समेट्न प्रेरित गर्नुभयो । त्यसतै सोहि कार्यक्रममा उपस्थित भएका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले हामि लगायत सबै जना योग गर्ने बानी बसाऔ भन्दै आग्रह गरेका थिए ।

वहाँले भने मनलाई आत्मासँग जोड्नु नै योग हो । योग भनेको साधना हो । योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ । युजको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो । यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माबीचमा संयोग स्थापित गर्नु नै योग हो ।
विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग हो । हामी सबै मनुष्यभित्र आत्मा छ। त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो । रिस, राग, अनावश्यक कुराहरुलाई योग गर्दा सबै हराएर जाने अडान राख्नु भएको थियो । हाम्रो शरिरमा साथै हामिले सुख शान्ति कतै पाईदैनौं तर योग गर्यो भने हामिले सबै कुराहरु यहाँबाट नै पाउन सक्छौ बताउनु भएको थियो ।
त्यसतै सोहि कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका जिल्ला बिकास समन्यवन समितिका सभापति रामअयोध्या यादबले भने ब्याम र योगा गर्दा हाम्रो शरिर फुर्तिलो हुने र शरिरमा पनि चमक ल्याउने बताउनु भएको थियो । वहाँले भने पैसा, धन र आ(आफ्नो शरिर स्वस्छ भए मात्र सबैले साथ दिने नत्र शरिर ठिक भएन भने कोहि पनि कसैको नहुने बताउनु भयो । शरिरमा सुख शान्ति, हसिलोपना मात्र योगले ल्याउने सभापति यादबको कथन रहेको थियो । यादबका भनाई अनुसार संसारमा ८४ लाख प्रकारका जीवन छन् । जुन बेलामा आत्माहरूको सृष्टि भए, आत्मा शरीरमा गए, बन्धनमा भए।

त्यसैले मान्छेको जीवन एक मात्र यस्तो माध्यम हो, जसमा ती सबै बन्धनलाई तोडेर आत्मालाई मोक्षतिर लैजान सकिन्छ। कर्मको विकारले आत्मा घेरिएको हुन्छ। यस्तो बेलामा विकारलाई हटाउने र आत्मालाई खुला गराउने योग मात्र साधन हो । उक्त कार्यक्रमको स्वागत मन्तब्य रामईश्वर प्रसाद साहले गर्नु भएको थियो भने गढिमाई नगरपालिकाको वार्ड नंं.१ का पुर्ववडाअध्यक्ष रामबिनय यादबले कार्यक्रमको संन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा स्थानीय बासिन्दा, नगरपालिकाका कर्मचारी, विद्यार्थी, वृद्धवृद्धा, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो । सबैले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए। ‘विश्व ध्यान दिवस’ मनाउने क्रममा ध्यान र योगलाई दैनिक जीवनमा समावेश गर्नुपर्ने आवश्यकता र यसको महत्त्वलाई विभिन्न गतिविधिहरूमार्फत उजागर गरिएको थियो। कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक सन्देश पु¥याएको आयोजकहरूले बताएका छन्। यसरी पहिलो पटक ‘विश्व ध्यान दिवस’ मनाइएको यस कार्यक्रमले ध्यान र योगप्रति जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।