रमेश कुमार यादब
पुस ०९, रौतहट
रौतहटको गरुडा नगरपालिकाले पालिकाभित्र रहेका गरीब तथा विपन्न नागरिकलाई सिरक वितरणको अभियानको चौथो दिन निरन्तरता दिएका छन । सिरक वा कम्बलको अभावमा कुनै पनि विपन्न वर्गका नागरिक कठ्याङग्रिएर सुत्न नपरोस् भन्ने उद्देश्यका साथ पालिकाले आफ्नो नौ वटै वडामा उक्त अभियान सञ्चालन गरेको हो । सोहि अभियान अन्तर्गत मंगलबार गरुडा नगरपालिकाको वार्ड नं.७ पिपरिया दो.का अति गरिब बिपन्न ५५ परिवारलाई कम्बर बितरण गर्नु भएको हो ।
यस अघि पालिकाले वडा नम्बर ३ मलाहिटोल, वार्ड नं.७ भिम्डावर र वार्ड नं.९ को सिसवा, श्रीपुर र नगरकटिया टोलमा रहेका करिब ४ सय अति गरीब र विपन्न परिवारलाई सिरक वितरण गरिसकेको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले जानकारी दिएको छ । उहाँका अनुसार सुत्ने समयमा शरीर न्यानो पार्न ओढिने सिरक वा कम्बल अभावको कारण नगरका कुनै पनि विपन्न वर्गका
नागरिकले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यका साथ उक्त कार्य गरिएको हो ।
अभियान कार्यक्रममा उहाँले विपन्न नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नुहुँदै उहाँहरूका समस्या र समाधानको सम्बन्धमा संवाद समेत गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “जाडोयाममा विशेष गरी वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका नागरिक, सुत्केरी र आर्थिकरूपमा कमजोर परिवारको दैनिकी कष्टकर रहन्छ । त्यस्ता वर्गलाइ विशेष प्राथमिकतामा राखी सिरक तथा कम्बल वितरण गरिएको छ । पालिकाका एक हजार भन्दा बढी त्यस्ता घरपरिवारलाई उक्त सामग्री वितरण गरिने छ ।
”नगरप्रमुख जैसवालको उक्त अभियानलाई लाभग्राहीले प्रशंसा गरेका छन् । सिरक पाएपछि न्यानो कपडा अभावमा कठ्याङग्रिएर सुत्नुपर्ने समस्याबाट मुक्त भएकोमा हर्षित हुँदै पालिकाको वडा नम्बर ७ पिपरिया दो.का नागरिक बृजकिशोर यादबले नगरप्रमुख कलवारलाई धन्यवाद दिनु भयो । सिरक पाइसकेका र क्रमशः सम्पूर्ण वडामा सिरक वितरण गरिने जानकारी पाएपछि वडाका विपन्न परिवार खुसी देखिएका छन् ।


