रमेश कुमार यादब
पुस ११, रौतहट
शिक्षक सरुवालाई लिएर गरुडा नगरपालिकामा उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ । शिक्षक शिवशंकर झाको सरुवाको विरोधमा उच्च माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरुले गरुडा नगर कार्यपालिकाको कार्यालयमा प्रदर्शन गर्दै तोडफोड गरेका छन् ।विद्यार्थीहरुले नगर कार्यपालिकाको कार्यालय अगाडि नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए । यसक्रममा कार्यालयको झ्यालको सिसा फुटेको छ भने नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले चढ्ने ना.१ झ १६७३ नम्बरको पिकअप गाडीमा क्षति पु¥याइएको छ ।
प्रदर्शनकै क्रममा नगर प्रहरी रामनारायण साह घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको र तत्कालै उपचारका लागि बिरगंज पठाईएको नगरपालिकाले जानकारी दिएको छ ।नगर प्रमुख जैसवालले प्रदर्शनलाई योजनाबद्ध ढंगले उक्साइएको भन्दै शिक्षक शिवशंकर झामाथि गम्भीर आरोप लगाएका छन् ।“शिक्षकको काम शिक्षण हो, राजनीति होइन । तर, झाले विद्यार्थीहरुलाई उचालेर सार्वजनिक सम्पत्तिमा क्षति पु¥याए,” उनले भने । “शिक्षकको मुख्य जिम्मेवारी भनेको विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु हो, राजनीति गर्नु होइन ।
तर, शिक्षक शिवशंकर झाले आफ्नो स्वार्थका लागि विद्यार्थीलाई उचालेर यस्तो अव्यवस्थित स्थिति सिर्जना गरेका छन् । जैसवालले क्षतिको सम्पूर्ण मूल्य शिक्षक झाबाट भराउने चेतावनीसमेत दिएका छन् । वहाँले भने विधि प्रक्रिया पुर्याएर
राजपत्रमा प्रकाशित भए अनुसारको चार महिना अघि नै सरुवा भएको स्थानमा अन्य शिक्षकहरु गईसकेको र उमावी गरुडाका प्रअ प्रभु पटेल र शिक्षक झा नगई विद्यार्थीहरुलाई उचालेर सरकारी सम्पत्तीमा धेरै क्षति पुर्याएको प्रति गम्भीर आरोप लगाए ।
विद्यार्थीहरुले भने शिक्षक शिवशंकर झाको सरुवा रोक्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । उनीहरुले शिक्षक झा आफूहरुको प्रिय शिक्षक रहेको र उनको सरुवा अन्यायपूर्ण भएको बताएका छन् । “झा सरले हामीलाई सधैं प्रेरणा दिनुहुन्छ । उहाँको सरुवा सह्य छैन,“ एक विद्यार्थीले भने ।झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको थियो । स्थिति नियन्त्रणमा आए पनि विद्यार्थीहरु अझै आक्रोशित देखिएका छन् ।
यस विषयमा शिक्षक शिवशंकर झासंग बुझदा म माथि लगाईएको आरोप निराधार हो भने बताउनु भयो । यो घटना बिधार्थी आफ्नै भावुक भएर यस्तो गरिएको बताउनु भयो ।। घटनापछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
नगर प्रमुख जैसवालले यो घटना दुःखद भएको भन्दै भविष्यमा यस्ता गतिविधि नदोहरिने सुनिश्चितता गर्न पहल
गरिने बताए । नगरपालिकाले यस घटनालाई गम्भीरताका साथ लिँदै क्षतिको मूल्यांकन र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाईएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएपछि स्थिति नियन्त्रणमा आएको छ । गरुडा नगरपालिकामा उत्पन्न यस घटनाले शिक्षण क्षेत्र र प्रशासनबीच समन्वयको अभावलाई पुनः उजागर गरेको छ । यस विषयमा थप छलफल र समाधानको खोजी नगरपालिकाले गर्ने बताइएको छ ।