रमेश कुमार यादब
पुस १४, रौतहट
“घुमौ मधेश, बुझौ मधेश“ भन्ने मूल नाराका साथ रौतहटको चन्द्रनिगाहपुरमा आइतबार अन्तरक्रिया, अवलोकन तथा पर्यटन प्रचार(प्रसार कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मधेश प्रदेशका पर्यटन, उद्योग तथा वनमन्त्री सकिल मियाले मधेशका पर्यटकीय क्षेत्रहरूको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।कार्यक्रममा प्रमुख अतिथि मन्त्री मियाले मधेश प्रदेशभित्र थुप्रै पर्यटकीय सम्भावना भएका स्थानहरू रहेको तर प्रचार(प्रसारको अभावका कारण ती स्थानहरूले अपेक्षित महत्व प्राप्त गर्न नसकेको बताउनु भयो ।
उहाँले ती क्षेत्रहरूको संरक्षण, प्रर्बधन र पूर्वाधार विकासका लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको जानकारी गराउनु भयो । मन्त्री मियाले भन्नुभयो, “मधेशमा पर्यटकीय स्थलहरूको कमी छैन । तर, तिनीहरूको विकासमा ध्यान दिनु अत्यावश्यक छ । प्रदेश सरकार ती क्षेत्रहरूको विकासमा आवश्यक बजेट र नीति निर्माणमा जुटेको छ ।”कार्यक्रममा रौतहट क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य तथा पूर्व पर्यटन मन्त्री युवराज भट्टराईले आफ्नो कार्यकालमा मधेश प्रदेशका आठै जिल्लाका पर्यटकीय क्षेत्रहरूको विकासका लागि विशेष योजना तयार गरी बजेट बिनियोजन गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “हामीले पहिचान भएका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएका थियौं । अझै पनि यो अभियानलाई निरन्तरता दिन आवश्यक छ ।”गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले रौतहटमा पर्यटकलाई आकर्षित गर्ने थुप्रै स्थान भए पनि संरक्षण र बजेटको अभावले ती क्षेत्रहरू पिछडिएको बताउनु भयो । उहाँले स्थानीय तह र प्रदेश सरकारले सहकार्य गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जुट्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले गाउँगाउँमा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरूलाई पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
उहाँले स्थानीय समुदायको सहभागिता र सचेतनाले मात्र यी क्षेत्रहरूको विकास सम्भव हुने धारणा राख्नुभयो ।प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीले रौतहटमा ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरूको भरमार रहेको र ती क्षेत्रलाई व्यवस्थित बनाएर राष्टिूय तथा अन्तर्राष्टिूय स्तरमा चिनाउन सकिने बताउनु भयो ।नेपाल पत्रकार महासंघ, रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले पर्यटन विकासमा सञ्चार क्षेत्रको भूमिकाबारे चर्चा गर्दै सञ्चारकर्मीहरूलाई यस अभियानमा सक्रिय रूपमा सहभागी गराउनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा स्थानीय बासिन्दा, पर्यटन व्यवसायी र विभिन्न संघ(संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले रौतहटको विकासका लागि पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन मात्र नभई आवश्यक संरचना निर्माण, सुविधा सम्पन्न पहुँच मार्ग तथा गुणस्तरीय सेवाहरू उपलब्ध गराउनु पर्ने माग गरेका थिए । कार्यक्रम पश्चात टोलीले रौतहटको चन्द्रपुरको नजरपुर,तिलेश्वर पर्यटकिय क्षेत्र गैडाटार,गरुडाको शिव नगर,दुर्गाभबती गाउपालिकाको दुर्गाभगबती मन्दिरको अबलोकल गरेको रौतहट होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष शिवराम राउतले जानकारी दिनुभएको छ ।
कार्यक्रमको आयोजना गरुडा नगरपालिकाको समन्वयमा गरिएको थियो । उपस्थितहरूले यस प्रकारका कार्यक्रमले मधेश प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे।