रौशन कुमार चौधरी
पुस १८, रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका -८ बलुवामा बिहीबारदेखि श्रीमत भागवत कथा तथा नवाह यज्ञ सुरु भएको छ ।
बलुवामा बिहीबारदेखि सुरु भएको श्रीमत भागवत कथा तथा नवाह यज्ञको उद्घाटन नगर प्रमुख अजय प्रकाश जैसवालले गर्नु भएका थिए । उनले विधिवत् मन्त्रोच्चारण गर्दै रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएका थिए । उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका नगर प्रमुख जैसवालले धार्मिक र सांस्कृतिक कार्यक्रमहरूले समाजमा
सकारात्मक ऊर्जा र एकताको सन्देश प्रवाह गर्ने भन्दै यस्ता कार्यहरूलाई सबैले साथ दिनुपर्ने बताउनु भयो ।
श्रीमद्भागवत कथा र नवाह यज्ञको पहिलो दिन भव्य कलश यात्राको आयोजना गरिएको थियो । १ हजार ८ कुमारी कन्याहरूले लालबकैया नदीबाट जल भरि बलुवा पु¥याउने क्रममा हजारौँ भक्तजनहरूले बाजागाजा सहित सहभागीता जनाएका थिए ।
कलश यात्राले कटहरिया बजारको परिक्रमा गर्दै बलुवामा पुनः समापन गरेको थियो । भक्तजनहरू कलश यात्रामा विशेष उत्साहका साथ सहभागी भएका थिए ।
यस धार्मिक अनुष्ठानमा मथुराबाट ख्यातिप्राप्त कथा वाचक रामगोपाल महाराजको आगमन हुने आयोजक समितिले जनाएको छ ।
रामगोपाल महाराजले श्रीमद्भागवत कथा वाचन गर्दै भक्तजनहरूलाई आध्यात्मिक शिक्षाका साथ भगवान श्रीकृष्णका लीलाहरू वर्णन गर्ने कार्यक्रम रहेको छ । उक्त यज्ञको व्यवस्थापनका लागि स्थानीय वडाध्यक्ष समिश बिक्रम साहको नेतृत्वमा एक विशेष समिति गठन गरिएको छ। वडाअध्यक्ष साहले यस्तो धार्मिक कार्यक्रमले समाजमा धार्मिक भावना जागृत गर्नुका साथै आपसी सद्भाव र सहयोगको भावना बलियो बनाउने बताउनुभएको छ ।
यस कार्यक्रम नौ दिनसम्म चल्नेछ । प्रत्येक दिन धार्मिक प्रवचन, पूजा(अर्चना, भजन(कीर्तन, र साँस्कृतिक प्रस्तुतिहरूको व्यवस्था गरिएको छ । भक्तजनहरूको सुविधाका लागि पण्डाल, प्रसाद वितरण, र अन्य व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।कार्यक्रममा देशका विभिन्न स्थानबाट भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । बलुवामा जारी यो धार्मिक अनुष्ठानले सम्पूर्ण रौतहट जिल्लामा उत्साहको माहोल सिर्जना गरेको छ ।
उक्त कलश यात्रा कार्यक्रममा पुर्व नगर प्रमुख शियाराम कुशवाहा, ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, ८ का वडा अध्यक्ष समिश बिक्रम शाह, ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहसहितको टोली लगायत स्थानीय नेता कार्यकर्ता भक्तजन तथा नगरको भद्रभ्लादमीहरुको उपस्थिति रहेको थियो ।