कृष्ण तिवारी,
पुस १९ गते ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले एकै दिन तीन वटा बिधालय भवनको शिलान्यास गरेकी छिन। नगर प्रमुख खातुनले फतुवा बिजयपुर नगरपालिका वडा न. ५ सन्तपुर दोस्तिया श्री अधारभुत विद्यालयको चार कोठे भवनको शिलान्यास गरेकी हुन् । भवन शिलान्यास गर्दै कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले शिक्षा क्षेत्रको विकासले मुलुकको विकास हुने भएकाले यो क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजना अन्तर्गत रु. ५५ लाख लागतमा बन्ने भवनको आज शुक्रबार शिलान्यास भएको विद्यालयका प्रधानाध्यापक सुबोध यादवले बताए ।
यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५५लाखको लागतमा फतुवा बिजयपुर नगरपालिका वडा न. ४ टेङ्ग्राहामा रहेकोे श्री माध्यमिक बिधालयमा शुक्रबार एउटा कार्यक्रमको बीच चार कोठा भवन निर्माणको शिलान्यास कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले गरिन । श्री मावि टेङ्ग्राहाका प्रधानाध्यापक अनिल कुमार यादवले उक्त भवन १२महिना भित्र सम्पन्न हुने बताए ।
यस्तै फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ८ बिजयपुर बजारमा रहेको बिजयपुर माध्यमिक विद्यालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुने पक्की विद्यालय भवनको शिलान्यास गर्नुहुँदै कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले अब बन्ने विद्यालय भवनले शैक्षिक गुणस्तर र पठन–पाठनमा सहयोग पुग्ने बताइन् ।
चार कोठे सो विद्यालय भवन ५५ लाखको लागतमा निर्माण हुने कुरा बिजयपुर मा.बि.का प्रधानाध्यापक शंकर यादवले बताए ।
शिलान्यास कार्यक्रममा बिधायक प्रत्याशी मो. शेराज वडा न. ५ को वडा अध्यक्ष मो. एजाज वडा न. ४ को वडा अध्यक्ष सतिस यादव गौरव कार्यपालिका सदस्य उमाशन्कर जयसवाल ईलाका प्रहरी कार्यालय सन्तपुरको प्रमुख उपेन्द्र चौधरी रा.प्र.पाको मेयर प्रत्याशी योगानन्द गिरि प्रधानाध्यापकहरु रामप्रवेस साह , उमेश यादव , तेजनरायन यादव , शिवमङल यादव गाउँघरको बुद्धिजीवी शिक्षक पत्रकार लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।