रौतहट,२१ पुस। रौतहटमा प्रहरीद्वारा ठुलो परिमाणमा मदिरा जन्य पदार्थ नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले जिल्लाको गौर नगरपालिका -५ स्थित अवैध रूपमा सञ्चालित ३ वटा रक्सी भट्टीमा शनिवार छापा मारी ७ सय लिटर तयारी मदिरा र २८ सय लिटर कच्चा पदार्थ नष्ट गरेको छ।
साथै, प्रहरीको टोलिले सोहि स्थानबाट मदिरा उत्पादनमा प्रयोग गरिने मेशिन ४ थान, सिल्भर डेक्ची ८ थान, स्टिल बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान, ग्यास चुलो ४ थान, प्लास्टिक ग्यालन १४० थान, प्लास्टिक बाल्टिन १० थान बरामद गरिएको छ ।
बरामद मदिराजन्य पदार्थ र मदिरा उत्पादनमा प्रयोग गरिने सामान स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा जिल्ला प्रहरी कार्यालयको हाताभित्रै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी उमा शंकर प्रसादले जानकारी दिएका छ्न।