रमेश कुमार यादब
पुस २१, रौतहट
गरुडा नगरपालिकाले आफ्नो शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण कदम चालेको छ । नगरपालिका मातहात रहेका दुई विद्यालयलाई करिब १० लाख बराबरको आवश्यक शैक्षिक सामग्री र फर्निचर हस्तान्तरण गरेको छ । रौतहट जिल्लाको गरुडा नगरपालिकाले दुई वटा विद्यालयहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै शैक्षिक गुणस्तर सुधारको दिशा दिनुभएको छ ।
गरुडा नगरपालिकाको वार्ड नं. ५ गरुडा ठेठरहिया र वार्ड नं. ९ सखुआवा धमौरा गरि दुई विद्यालयलाई शैक्षिक उपकरण, फर्निचर, र विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो । आईतबार आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।
वार्ड नं. ५ मा रहेको श्री जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक देबेन्द्र प्रसाद साहलाई ५० ईन्चको एलईडी टिभी १ थान, जुट कार्पेटः १४ थान, बालमैत्री टेबलः ३ थान, ३२ जीबीको पेनड्राईभ १ थान, १०० एमपियरको ब्याटूीः १ थान, बुक दराजः ३ थान, ह्वाइटबोर्डः १ थान र स्कुल ब्यागः १०० थान सामग्रीहरु हस्तान्तरण गर्नु भयो ।
त्यस्तै, वार्ड नं. ९ मा रहेको शहिद लालबाबु दास प्राथमिक विद्यालयकी प्रधानाध्यापक रंजिता कुमारी दासलाई ५० इन्चको एलईडी टिभीः १ थान, बेन्च-डेस्कः २० थान ,स्कुल ब्यागः १०० थाने, जुट कार्पेटः १५ थान, पियो फार्मः २८ थान ,१०० एमपियरको बैट्री १ थान,पेनड्राईभ १ थान हस्तान्तरण गर्नु भएको हो । नगर प्रमुख जैसवालले कार्यक्रममा सम्बोधन गर्दै शैक्षिक क्षेत्रमा सुधार र विद्यार्थीहरुको सहजता सुनिश्चित गर्न सामग्री वितरण गरिएको बताए ।
उनले विद्यालयलाई कुनै प्रकारको अभाव नहोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको बताएका थिए । जैसवालका अनुसार, विद्यालयका भौतिक संरचना तथा शैक्षिक वातावरण सुधार गर्दै नगर क्षेत्रभित्र गुणस्तरीय शिक्षाको पहुँच पु¥याउन पालिका प्रतिबद्ध छ । नगर प्रमुख जैसवालले थपे कि हामिलाई कमजोर पार्न बिपक्षी दलका केहि राजनेतिककर्मिहरु लागी परेका छन तर हामिले हाम्रो नगरको बिकासको लागी एक ईन्च पनि पछि नहटने बताउनु भयो ।
वहाँले भने कि हाम्रो काम र बिकास देखेर बिपक्षीहरुको सातो जान लागेपछि उनीहरुले मलाई असफल पार्न बिभिन्न जालझोल गरि पालिकामाथि बिभिन्न आवन्छित गतिबिधि गराउनमा लागी परेका छन । तर पनि उक्त जालझोलको तोडदै मलाई काम गर्ने भनि जनताले आफ्नो बिश्वासीलो मत दिएर निर्वाचित गराउनु भएको हो सोहि मतको कदर गर्दै जनताको हकहितको लागी सधै काम गर्ने जनताहरुबिच प्रतिबद्धता जनाउनु भएको थियो ।
त्यसतै सोहि कार्यक्रममा सहभागी युवा नेता राजकुमार दासले नगर प्रमुखको यो कार्यको प्रशंसा गर्दै धन्यबाद व्यक्त गरेका थिए । उनले भने नगर प्रमुख जैसवालको यो सराहनिय कार्यको जति प्रशंसा गर्दा उति नै कमजोर हुने बताउनु भएको थियो । विद्यालयका बिभिन्न कमी(कमजोरीहरु एउटा अभिभावकको रुपमा बसेर सुधार गरिदन नगर प्रमुखलाई आग्रह समेत गरेका थिए । उनका अनुसार, यस्तो सहयोगले शिक्षामा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।
त्यसतै दुबै विद्यालयका प्रधानाध्यापकहरुले नगरपालिकाको यो सहयोगले विद्यालयको शैक्षिक वातावरणमा सुधार आउने विश्वास व्यक्त गरेका थिए । साथै, यस प्रकारका सहयोगले विद्यार्थीहरुलाई पढाईमा उत्साह थप्ने बताए । यो कार्यक्रमले गरुडा नगरपालिकाभित्रको शैक्षिक सुधारको अभियानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
स्थानिय बासिन्दाहरूले नगरपालिकाले विद्यालयमा प्रदान गरेको सहयोगप्रति खुशी व्यक्त गर्दै नगर प्रमुख जैसवाल र नगरपालिकाको यो कदमको प्रशंसा गरेका छन । उनीहरूले यसले विद्यार्थीको पढाइमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् । यस प्रकारका कार्यले न केवल शैक्षिक क्षेत्रलाई सुदृढ बनाउँछ, तर समुदाय र सरकारबीचको सहकार्यलाई पनि थप मजबुत बनाउँछ ।