वर्तमानकाल सम्वाददाता
पुस २३ गते ।बारा
बाराको महागढीमाई नगरपालिकामा सरकारको मापदण्ड विपरित इन्धन खर्च देखाई लाखौं रुपैयाँ कमिसनमा सकाएको खुलेको छ ।महागढीमाई गाउँपालिकाका मेयर उपेन्द्र प्रसाद यादव अहिरले कर्मचारीको सहयोगमा खर्च हुने आधार प्रमाण बिनै इन्धनमा झण्डै ६५ लाख रुपैयाँ खर्च देखाई विकासे बजेटको लाखौं रुपैयाँ कमिसनमा सकाएको खुलेको हो । प्रदेश खर्च मापदण्ड निर्देशिका २०७७ को दफा १७ अनुसूची ४ र मधेश प्रदेशको स्थानीय तहका पदाधिकारी सुविधा सम्बन्धी ऐन, २०७७ मा पदाधिकारी र कार्यालय प्रयोजनको लागि इन्धन खर्चको मापदण्ड निर्धारण गरेको छ । जस अनुसार नगरप्रमुख र उपप्रमुखले मासिक १५० लिटर इन्धन खर्च गर्न सक्ने व्यवस्था छ । प्रशासकीय अधिकृत पनि १५० लिटर इन्धन खर्च गर्न सक्ने छ ।
आर्थिक वर्ष वर्ष २०७८र७९ मा नेपाल आयल निगमको विभिन्न पटक परिवर्तन भएको डिजल र पेट्रोलको खुद्रा मूल्यको औषत दर प्रतिलिटर रु १५० को दरमा गणना गरिएको । त्यस अनुसार मेयर, उपमेयर र कार्यालय प्रायोजनमा खर्च हुने इन्धनको बार्षिक परिणाम परिणाम क्रमशः यही ऐन अन्तर्गत मलेपको कार्यालयले नगरपालिकाको मेयर उपेन्द्र यादवले प्रयोग गर्ने गाडीमा मासिक १५० लिटर इन्धन अनुसार बार्षिक १८०० लिटर इन्धन खर्च हुन्छ । जसको बार्षिक मूल्य रु २ लाख ७० हजार हुन्छ । यस्तै, उपमेयरले पनि मासिक सोही परिमाणको इन्धन प्रयोग गर्न व्यवस्था अनुसार सो को मूल्य पनि २ लाख ७० हजार नै हुन आउँछ ।
कार्यालय प्रयोजनको लागि मापदण्ड अनुसार मासिक २०० लिटर डिजल वा १५० लिटर पेट्रोल इन्धन खर्च अनुसार मासिक ४२०० लिटर इन्धन खर्च हुने मलेपको प्रतिवेदनले पुष्टि गरेको छ । जसको मूल्य १५० का दरले ६ लाख ३० हजार हुन्छ । आर्थिक वर्ष २०७८र७९ मा महागढीमाई नगरपालिकाका पदाधिकारी तथा कर्मचारीले चढने मोटरसाईकल र स्कुटीको संख्या ३५ वटा रहेको छ । ऐन अनुसार पदाधिकारी तथा कर्मचारीले मासिक १० लिटर ईन्धन पाउने व्यवस्था अनुसार ३५ वटा मोटरसाईकल तथा स्कुटीमा बार्षिक ४२०० लिटर इन्धन खर्च हुने देखिन्छ ।
जसको प्रतिलिटर रु १५० का दर ६ लाख ३० हजार खर्च हुन आउँछ । यस्तै, मोबिल तथा अन्य प्रयोजनमा प्रति ३ महिनामा १० लिटरको दरले बार्षिक ८० लिटर कायम गर्दै मलेपको कार्यालयले प्रतिलिटर रु १००० का दरले बार्षिक ८० हजार खर्च हुने पुष्टि गरेको छ ।
यसरी मेयर, उपमेयर, कार्यालय प्रयोजन, पदाधिकारी लगायतले अन्य सवारी साधन बाहेक बार्षिक १८ लाख ८० हजार खर्च हुने पुष्टि गरेको छ । यस बाहेक आर्थिक वर्ष २०७८र७९ मा महागढीमाई नगरपालिकामा जे।सि।बि। एक थान, ट्याक्टर ३ थान र टिपर १ थान चालु अवस्था रहेको मलेपको प्रतिवेदनले देखिन्छ । बित्तिय विवरण इन्धन शिर्षकमा ६४ लाख ८० हजार रुपैयाँ खर्च देखाएको मलेपको प्रतिवेदनमा उल्लेख छ । ट्याक्टर, टिपर र जे।सि।बि। बाहेकको झण्डै ४६ लाख रुपैयाँ खर्च गरेको देखाईएको देखिन्छ । तर मापदण्ड अनुसर यसको आधा रकम पनि खर्च हुन आउदैन ।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले कर्मचारीको मिलेमतोमा बित्तिय विवरणमा इन्धन शिर्षकमा देखाईको खर्च मध्येको बाँकीको ४६ लाख रुपैयाँ ट्याक्टर, टिपर र जे।सि।बि।मा मात्रै खर्च हुने आधार नदेखिएको स्थानीय सुनिल कुशवाहा बताउँछ । इन्धन शिर्षकमा बित्तिय विवरणमा देखाईएको कुल खर्चको आधा रकम कमिसनमा सकाएको अर्का स्थानीय श्यामकिशोर यादवको आरोप छ ।
ट्याक्टर, टिपर र जे।सि।बि।लगायतका उपकरणमा प्रयोग भएको र उक्त उपकरण इन्धन खर्च र सोको लगबुक तथा परिचालनबाट प्राप्त आम्दनीको विवरण समेत प्राप्त नभएको मलेपको प्रतिवेदनमा उल्लेख छ । कार्यालयको सवारी साधन तथा उपकरणको प्रयोग र इन्धन खर्चको तादम्यता समेत नमिल्दा इन्धनमा देखाईएको कुल खर्च आधा रकम मेयर यादवले कर्मचारीको मिलेमतोमा कमिसनमा सकाएको स्थानीयको आरोप पुष्टि हुने देखिन्छ ।