स्वास्थ्य चौकीको भवनका लागि करोडौंको जग्गा दान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ पौष २४, बुधबार (१ साल अघि)
  • ४ पटक पढिएको
स्वास्थ्य चौकीको भवनका लागि करोडौंको जग्गा दान

कृष्ण तिवारी ,
पुस २३गते

रौतहटको फतुवा बिजयपुर नगरपालिका –५ सन्तपुर दोस्तिया निवासी समाजसेवी मो. शेराजले स्थानीय स्वास्थ्य चौकीर बर्थिङ्ग सेन्टरको भवनका लागि चार कठ्ठा जग्गादान गरेका छन् । स्थानीयवासीका अनुसार सो जग्गाको मूल्य करिब एक करोड रहेको छ । जग्गा धनी मो. शेराजले फतुवा बिजयपुर नगरपालिकाको कार्यालय मार्फत स्वास्थ्य चौकीका लागि जग्गादान गरेका हुन् ।

साबिक गा.बि.स. सन्तपुर दो. वाड न. ७ किता न. १३५९ क्षेत्रफल ४ कठ्ठा दान गरेको जग्गामा नगरपालिकाको सहयोगमा स्वास्थ्य चौकीको भवन, बर्थिङ्ग सेन्टर ,स्वास्थ्यकर्मीका लागि आवश्यक आवास भवन निर्माण हुने जग्गा दाता मो.शेराजको पत्नी एवं फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले बताइन् ।

जग्गा दाता मो. शेराजले मानवीय सेवाका लागि जग्गादान गर्न पाउनु आफ्नो लागि गौरव बनेको चर्चा गर्दै बाँच्नभन्दा बचाउन ठूलो, गर्नभन्दा गराउनु ठूलो रहेको विचार राखे ।स्वास्थ्य संस्थालाई प्राप्त भएको जग्गामा चाँडै वर्थिङ सेन्टर (प्रसूतिगृह) सहितको स्वास्थ्यकेन्द्र निर्माण प्रक्रिया अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत भरत यादवले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस