रमेश कुमार यादब
पुस २६, रौतहट
रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाले कठ्याङ्ग्रिँदो चिसोले प्रभावित जनजीवनलाई सहज बनाउन
दाउरा र कम्बल वितरण गरेको छ । जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको नेतृत्वमा यो सहयोग कार्यक्रम संचालन गरिएको हो ।।
पछिल्लो एक सातादेखि लगातार बाक्लो हुस्सु र कुहिरोले गर्दा चिसो अत्यधिक बढ्दै गएको छ । यसले नगरवासीहरूलाई गम्भीर समस्या पु¥याइरहेको छ । नगर प्रमुख जैसवालले चिसोबाट प्रभावित जनताको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाको प्रत्येक वडामा आगो बाल्न आवश्यक काठ वितरण गर्न थालेका छन् ।नगरपालिकाले चौक, चौतारा, मठ(मन्दिर, प्रहरी चौकी लगायतका सार्वजनिक स्थलहरूमा आगो बाल्नको लागि काठ उपलब्ध गराएको छ ।
नगर प्रमुख जैसवाल स्वयं उपस्थित भएर काठ वितरण गरेका छन् । यसबाट स्थानीयबासीले निकै राहत महसुस गरेका छन् । नगरपालिकाले विपन्न वर्गका बालबालिका, वृद्धवृद्धा र असहाय मानिसहरूको अवस्था विश्लेषण गरेर चिसोबाट बच्न उनीहरूलाई प्राथमिकता दिएको छ । नगर प्रमुख जैसवालले आफ्नो नगरवासीहरूको स्वास्थ्य र जीवन रक्षा पहिलो प्राथमिकता भएको बताउँदै अन्य पालिकाहरूलाई पनि यस्तो सह्रानीय कार्य गर्न प्रोत्साहित गर्नुभएको छ ।
यति मात्र होइन, नगरपालिकाले यसअघि नै अति गरीब, विपन्न, र दलित समुदायका १,२०० जना व्यक्तिहरूलाई न्यानो कम्बल
वितरण गरिसकेको छ । यो पहलले नगरवासीहरूलाई चिसो मौसममा राहत दिएको छ । नगर प्रमुख जैसवालले चिसोबाट प्रभावित जनताको सुरक्षाका लागि आफुले सक्दो प्रयास गर्ने बताएका छन् । उनले भने, “नगरका कुनै पनि व्यक्तिले चिसोका कारण दुख पाउन नपरोस् भनेर यो अभियान सञ्चालन गरेका हौं ।
यो अभियान निरन्तर जारी रहनेछ ।“नगरवासीहरूले नगर प्रमुख जैसवालको यो मानवीय कार्यको प्रशंसा गर्दै विशेष धन्यवाद व्यक्त गरेका छन् । स्थानीय रबिन्द्र यादवले भने, “पहिलोपटक हामीलाई यस्तो राहत प्राप्त भएको छ । हामीलाई यस्तो चिसोमा कसैले पनि ध्यान दिएको थिएन ।
जैसवालजीले हामीलाई ठूलो सहयोग गर्नुभयो ।“यस किसिमको राहत वितरण कार्यले गरुडा नगरपालिकाको नाम सबै ठाउँमा सकारात्मक रूपमा फैलिरहेको छ । अन्य स्थानीय तहहरूले पनि यसप्रकारका पहल गर्नुपर्नेमा स्थानीयबासीले जोड दिएका छन् । नगर प्रमुख जैसवालले भविष्यमा नगरवासीको हितमा यस्ता कामहरू निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।