रमेश कुमार यादब
पुस २८,रौतहट
रौतहटको गरुडा नगरपालिकामा तीन दिनसम्म सञ्चालन हुने निःशुल्क आँखा शिविरको औपचारिक रुपमा उद्घाटन गरिएको हो । आईतबार शिविरको उद्घाटन गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल र नेपाली सेनाका सेनानी पृत प्रमुख सुदर्शन सिल्वालले दीप प्रज्वलन गरी उद्धघाटन गर्नु भएको थियो । यो आँखा शिविर श्री बिरदल गण, नेपाली सेना र तिलगंगा आँखा अस्पतालको सहकार्यमा आयोजना गरिएको हो ।
साथै, गरुडा नगरपालिका र वरपरका अन्य पाँच वटा पालिकाहरूको सहयोगमा शिविरलाई सम्पन्न गरिनेछ । कार्यक्रममा गरुडा नगरपालिकाको वार्ड नं. ५ शिवनगरस्थित महम्मदपुर स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजना गरिएको हो । गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले आफ्नो चुनावी प्रतिबद्धता पुरा गर्दै गईरहेको छ । वहाँले चुनाव जित्नु अघि जनता माझ स्वास्थ्य, खानेपानि र शिक्षालाई बढि प्राथमिता राख्ने बताउनु भएको थियो ।
सोहि अनुरुप नगर प्रमुख जैसवालले निशुल्क आँखा शिविर कार्यक्रमको आयोजना गरेको बताउनु भयो । वहाँले भने मानव शरिरको पाँच ज्ञानेन्द्रिय मध्ये आँखा एक महत्वपुर्ण अंग हो । शिरिरको ज्ञानेन्द्रिय अंग मध्ये आँखा एक सम्बेदनशिल अंग हो यसले संसारको कुनै पनि बस्तुलाई हेर्न र एक ठाउँबाट आवतजावत गर्न आँखाको भुमिका महत्वपुर्ण हुन्छ । त्यस कारण हाम्रो पालिकाबासिलाई आँखा सम्बन्धी कुनै समस्या नहोस भनि मैलें यो शिविर सन्चालन गरेको बताउनु भयो । नगर प्रमुख जैसवालले भने गरुडा नगरपालिकाका नागरिकलाई मोतियाबिन्दु मुक्त बनाउने र स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आयोजना गरिएको बताउनु भयो ।
उहाँले नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर भविष्यमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरता दिने बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मानिसको आँखा नै सबैभन्दा महत्वपूर्ण अंग भएको उल्लेख गर्दै आँखा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । उहाँले आँखाको सुरक्षा जीवनभर ध्यान दिनुपर्ने र यसले मानिसलाई संसारको सही र गलत पक्ष पहिचान गर्न सहयोग पु¥याउने बताउनु भएको थियो ।तिलगंगा आँखा अस्पतालका प्रमुख डाक्टर रिता गुरुङ्गले आँखालाई संसारको सबैभन्दा अमूल्य अंग भन्दै आँखा सम्बन्धी कुनै पनि समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गर्नु भएको थियो ।
उहाँले शिविरमा निःशुल्क जाँच र उपचारको व्यवस्था रहेको र स्थानीय नागरिकले यसको फाइदा उठाउनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमको समापनतर्फ प्रमुख अतिथि सेनानी पृत प्रमुख सुदर्शन सिल्वालले गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाललाई यस्ता कार्यक्रमको पहल गरेकोमा धन्यवाद दिनु भएको थियो । साथै, उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सहयोगी हातहरूलाई पनि धन्यवाद ज्ञापन गर्नु भयो ।कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।
हुन त यो शिविर शुक्रबारदेखि नै सुरु भएता पनि आईतबार बिधिरुपमा उद्धघाटन गरिए पश्चात दोस्रो दिनपनि ठूलो संख्यामा मानिसहरूले चेकजाँच गराएसंगै आवश्यकता अनुसारका मानिसहरुलाई अपेरशन समेत गरिएको थियो । आईतबार बेलुका सम्म समाचार त्यार पारेसम्म ५९८ जनाले चेकजाँच गराएका मध्ये २९२ जना मोतिबिन्दु भएका बिराममिहरुको शल्यक्रिया अर्थात परेशन गरिसक्नु भएको नगर प्रमुख जैसवालले बताउनु भयो ।
स्थानीय बासिन्दाहरूले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकहरूको स्वास्थ्यमा सुधार ल्याउने बताए ।शिविर आगामी मंगलबार सम्म सञ्चालन हुनेछ, जहाँ थप नागरिकहरूले लाभ लिन सक्नेछन् । यस निःशुल्क आँखा शिविरमा स्थानीय नागरिकले आँखाको जाँच, मोतियाबिन्दुको उपचार र अपरेशन लगायतका सेवा पाउने छन् । शिविरमा आँखा सम्बन्धी समस्याका लागि विशेषज्ञहरूले निःशुल्क परामर्श दिईरहेका छन् ।
कार्यक्रमका आयोजकहरूले शिविरले विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताका लागि लाभदायक हुने अपेक्षा राखेका छन् ।यो आँखा शिविरले गरुडा नगरपालिका र आसपासका पालिकाहरूका नागरिकको आँखा स्वास्थ्यमा उल्लेखनीय योगदान दिने विश्वास लिइएको छ ।
कार्यक्रममा राजपुर नगरपालिकाको नगर प्रमुख डा.राजिक आलम, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,बिरदल गणका गणपति किशोर अधिकारी, दलित बिकास समिति मधेश प्रदेशका सदस्य युवा नेता राजकुमार दास, गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलम,बिभिन्न वार्डका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सशस्त्र प्रहरीबल, नेपाली सेना, पालिकाका नगर प्रहरी, सयकडौं मोतियाबिन्दुका बिरामी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।