रमेश कुमार यादब
पुस ०१, रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं. ६ हर्षाहामा अवस्थित श्री बतहु माध्यमिक विद्यालयमा नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । मंगलबार आयोजित कार्यक्रममा साढे तीन तल्ले ३३ कोठे विद्यालय भवनको शिलान्यास नेकपा (एस) का केन्द्रीय महासचिव तथा संविधान सभा सदस्य रामकुमार भट्टराई र बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले संयुक्त रूपमा गर्नु भएको हो । शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रामकुमार भट्टराईले स्थानीय शिक्षाको गुणस्तर सुधारका लागि यस्ता संरचनाहरू महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
वहाँले भन्नु भयो हाम्रो यस जिल्लाबाट गुणस्तिरीय पठनपाठन गर्न बुढानिलकण्ड लगायत अन्य ठुलो ठुलो सहरहरुमा जाने गर्दछ । त्यस कारण उक्त ठाउँको अध्यन अध्यापन हाम्रै जिल्लाको यस्तो बिधालय भवनको निर्माण भयो भने धेरै पैसा खर्च गरेर अन्त बाहिर जानु पर्ने झन्झट मुक्त हुने आशाका साथ अरु ठाउँमा यस प्रकारको भौतिकपुर्वाधार नहुदां यहाँ पुर्ण बाताबरण सहित ठिक ठाउँ भएकोले यस मेगा प्रोजेक्टहरूको शिलान्यास गरेका बताउनु भयो । यस प्रोजेक्टको निर्माण सम्पन पछि यहाँ अरु ठाउँको भन्दा राम्रो अध्यन अध्यापन हुने बिश्वास समेत लिएका बताउनु भयो ।
साथै अहिले शिक्षामा फडको मार्न नगरपालिका सहित जुन ठाउँबाट जसरी सहयोग हुन्छ हामि गर्न एकबद्ध भएर लागी परेका बताउनु भयो । त्यसतै सोहि कार्यक्रममा नगर प्रमुख बिनोद प्रसाद कुर्मीले विद्यालयको विद्यार्थी संख्या दिनप्रतिदिन बढदै जाँदा हालको भौतिक संरचना पर्याप्त नभएको कारणले नयाँ भवनको निर्माण अत्यावश्यक भएको जानकारी दिनुभयो ।। उहाँले भवन निर्माणले विद्यालयलाई थप व्यवस्थित बनाउँदै विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।
बतहु माध्यमिक विद्यालय स्थानीय समुदायको ऐतिहासिक शैक्षिक संस्था हो । यस विद्यालयले विगतमा पनि धेरै विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा सफल बनाउन योगदान दिएको छ । भवन निर्माण सम्पन्न भएपछि विद्यालयले आधुनिक र व्यवस्थित शिक्षण वातावरण उपलब्ध गराउने लक्ष्य राखेको नगर प्रमुख कुर्मिले प्रष्ट पारेका छन । यस भवनको निर्माणका लागि पालिका, पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, संविधान सभा सदस्य रामकुमार भट्टराई, स्थायी समिति सदस्य नेत्री कल्याणी खड्का र विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोको नेतृत्वमा संघीय सरकारबाट प्राप्त ८ करोडभन्दा बढी समपूरक अनुदान बजेटमा बोलपत्र आह्वान गरिएको थियो ।
उक्त बोलपत्रमा सहभागी भएका सातवटा निर्माण कम्पनीहरूमध्ये सबैभन्दा कम मूल्य प्रस्तुत गर्ने जनआदर्श एसबी स्टार जेभी काभ्रेले ५ करोड ३० लाख ५१ हजार ४१६ रूपैयाँमा साढे तीन तल्ले ३३ कोठे भवन निर्माण गर्ने जिम्मा लिएको छ । बृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलका अनुसार विद्यालय भवन आधुनिक प्रविधिसहितको हुनेछ । भवनमा सुविधासम्पन्न कक्षा कोठा, कार्यालय कक्ष, पुस्तकालय, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला, र शौचालयहरूको व्यवस्थापन हुनेछ । निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण प्रसाद कुर्मीले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ भवनले ठुलो योगदान दिने विश्वास व्यक्त गर्नु भयो । शिलान्यास कार्यक्रममा नगरका विभिन्न वडाका जनप्रतिनिधि, विद्यालयका शिक्षक(शिक्षिका, विद्यार्थी, अभिभावक, र स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।। यो भवन निर्माणपछि विद्यालयमा भौतिक संरचनाको अभाव टर्ने र शिक्षण(अध्यक्षक प्रक्रियामा थप सहजता आउने अपेक्षा गरिएको छ ।
उक्त शिलान्यास कार्यक्रममा बृन्दावन नगरपालिकाको नगर उप(प्रमुख संगिता राम, वार्ड नं.३ का वडाअध्यक्ष हरिनरायण साह, वार्ड नं.६ का वडाअध्यक्ष मझर मंसुर, ७ का जग्रनाथ प्रसाद भेडिहर, ८ का रविन्द्र साह, वडा नम्बर ९ का अध्यक्ष परवेज आलम, कार्यपालिका सदस्य राजेश पासवान (निर्माणी), मुस्लिम ईतेहाद संगठनका सदस्य सलामुदिन दर्जि, रामबाबु बैठा, प्रेमलाल राउत,रामकल्याण यादब, युवा नेता धमेन्द्र पटेल लगायत बुद्धजिवी,भद्रभलादमि सहित संचारकर्मिहरुको सहभागिता रहेको थियो ।