बिश्रामपुर गाउँपालिका–५ को वार्ड कार्यालय भवनको वडाअध्यक्ष गुप्ताद्धारा शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ माघ ३, बिहिबार (१ साल अघि)
  • ३४ पटक पढिएको
बिश्रामपुर गाउँपालिका–५ को वार्ड कार्यालय भवनको वडाअध्यक्ष गुप्ताद्धारा शिलान्यास

आरएन यादब
माघ ०२, बारा

बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५, इटियाहीमा नयाँ वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बुधबार एक विशेष कार्यक्रमका बीच वडा अध्यक्ष अमिरिलाल प्रसाद गुप्ताले पुरोहितद्वारा मन्त्रोच्चारण गरी विधिवत रूपमा भवन शिलान्यास गर्नु भएको हो ।वडास्तरीय यो भवन निर्माणका लागि कुल २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । एक तल्ले, दुई कोठे आधुनिक भवन निर्माण गरिने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष गुप्ताले भवन निर्माणले वडाबासीका लागि सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नु भएको थियो । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टोले भवन निर्माणपछि वडाका स्थानीयलाई कुनै पनि सेवा÷सुविधा लिन सजिलो हुने बताउनु भएको थियो । उहाँले विकास निर्माणका लागि गाउँपालिका सदैव प्रतिबद्ध रहेको समेत बताउनु भएको थियो ।

कार्यक्रममा समाजसेवी कृष्ण प्रसाद साह, गोपिचन प्रसाद गुप्ता, विनोद साह, रामचन्द्र प्रसाद गुप्ता लगायत स्थानीय वासिन्दाको उल्लेखनीय उपस्थिति थियो । वडा अध्यक्ष अमिरिलाल प्रसाद गुप्ताले भवन निर्माणपछि कार्यालय सञ्चालन अझ व्यवस्थित हुने र कर्मचारीले गुणस्तरीय सेवा दिन सहज हुने उल्लेख गर्नुभयो । साथै, उहाँले वडाको समग्र विकासका लागि यस्ता योजनालाई प्राथमिकता दिइने बताउनुभयो ।

शिलान्यास कार्यक्रमले स्थानीयहरूको ठूलो सहभागिता र उत्साह देखाएको थियो । कार्यक्रममा उपस्थित स्थानीयले वडा कार्यालय भवन निर्माणले वडाको विकास र सेवामा सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरे । यस ऐतिहासिक कार्यक्रमले वडा नं. ५ मा विकासको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। उपस्थित सबैले आगामी दिनमा समयमै निर्माण सम्पन्न हुने र सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस