रमेश कुमार यादब
माघ ०५, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिका अब ‘फ्री वाई(फाई जोन’ बन्ने भएको छ । वल्र्ड(लिंक कम्युनिकेसनको सहकार्यमा नगरपालिकाभरी निःशुल्क वाई(फाई सेवा जडान गरिने योजना अनुसार शनिबार पिपरियामा पनि जडान गर्नु भएको हो । गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जैसवालले सोही नगरपालिकाको वडा नं. ७, पिपरिया(दो.) मा पनि वाई(फाई जडान गराउनु भएको हो ।। नगरप्रमुख जैसवालले उक्त वडाका वडा प्रत्याशी दिनेश राय यादवलाई ११ थान फ्रि वाई(फाई उपकरण हस्तान्तरण गर्नु भएका थिए । ती उपकरणहरू आवश्यक स्थानमा जडान गर्न निर्देशन दिँदै उनले यो परियोजनाले नगरवासीको जीवनमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका थिए ।
नगरप्रमुख जैसवालले नगरपालिकाको हरेक वडामा वाई(फाई सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले भने, “सामान्य नगरवासीलाई समेत इन्टरनेट सेवाको पहुँचमा पु¥याउनु हाम्रो प्रमुख लक्ष्य हो । यसले शिक्षा, स्वास्थ्य, व्यवसाय तथा अन्य क्षेत्रका सबै वर्गलाई लाभ पु¥याउनेछ ।” कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जैसवालले आफ्नो चुनावी घोषणापत्रमा गरिएको प्रतिबद्धता
पूरा गर्ने उद्देश्यले यो योजना अघि बढाइएको बताए । उनले भने, “आजको प्रविधियुगमा इन्टरनेट सेवाविना विकास सम्भव छैन । त्यसैले, नगरपालिकाले सेवा सुविधालाई प्रविधिमैत्री बनाउन विशेष पहल गरिरहेको छ ।
” नगरप्रमुखले इन्टरनेट सेवाले नगरपालिकाबाट प्रवाह गरिने विभिन्न सेवाहरूलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए । साथै, यसले शिक्षा र रोजगारीका लागि नयाँ अवसर सिर्जना गर्ने र गरुडा नगरपालिकालाई डिजिटल युगतर्फ अगाडि बढाउने बताए । नगरपालिकाले ल्याएको यो योजना प्रति स्थानीय बासिन्दा उत्साहित देखिएका छन् । धेरैले इन्टरनेटको पहुँचले विद्यार्थी, व्यवसायी, र अन्य सबै क्षेत्रलाई फाइदा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
व्यवसायीहरूले पनि डिजिटल कारोबारमा सहजता हुने अपेक्षा गरेका छन् । यो योजना अन्तर्गत आगामी दिनमा गरुडा नगरपालिकाका मुख्य स्थानहरूमा निःशुल्क वाई(फाई सेवा सञ्चालन गरिनेछ । यसले नगरवासीको दैनिक जीवनमा सहजता ल्याउनुका साथै विकासमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ । यस अघि पालिकाको बिभिन्न वार्डहरुमा फ्रि वाईफाई जडान गराईसक्नु भएको हो र बाकी रहेको वार्डहरुमा पनि लगाउने बताउनु भएको हो ।