रमेश कुमार यादब
माघ ०५, रौतहट
गरुडा नगरपालिका(७, पिपरिया (दो) गाउँका स्थानीयवासीले वर्षौंसम्म भोग्दै आएको नाला जाम र दुर्गन्धको समस्या अन्ततः समाधान भएको छ । जिल्लाको पिपरिया (दो.) गाउँमा बर्षौदेखि बन्द अवस्थामा रहेको नालाको सफाई गरिएपछि स्थानीयबासीहरु अत्यन्तै खुसी भएका छन् । यस गाउँमा मानिसहरुको घरभित्र जडान गरिएको हैण्डपम्पबाट निस्किने पानीका लागि बनाइएको नाला धेरै बर्षदेखि जाम रहेको र दुर्गन्धित अवस्थामा रहेको थियो ।
उक्त नालाको अवस्था यति जर्जर भएको थियो कि गाउँमा बस्नसमेत गाह्रो हुने अवस्था सिर्जना भएको थियो । स्थानीय भद्रभलादमी, बुद्धिजीवी र वडाप्रत्याशी दिनेश यादवले नगर प्रमुख कन्थमनी प्रसाद जैसवालसँग उक्त समस्यालाई समाधान गरिदिन विशेष आग्रह गरेका थिए । स्थानीयको समस्यालाई गम्भीरतापूर्वक लिँदै नगर प्रमुख जैसवालले नगरपालिकाको जेसिबी, ट्र्याक्टर र अन्य उपकरणसहित आफैँ स्थलगत निरीक्षण गर्दै सफाई कार्यलाई बिहानदेखि साँझसम्म निरन्तर गराउनु भयो । उक्त सफाई कार्यले नालाको दुर्गन्ध हटाउनुका साथै जाम भएको नाला पूर्ण रूपमा खुल्ला बनाइएको छ ।
साथै, सम्पुर्ण गाउँबासिको आवतजावत गर्ने बाटो खराब भएको कारण आवतजावत गर्न अति नै कठिनाई भएको अवस्थालाई पनि मुक्त गरि सोही ठाउँमा आवतजावत गर्न ३ वटा हयुम पाइप लगाएर स्थानीयलाई सहज आवागमनको सुविधा प्रदान गरिएको छ । अव उक्त बाटोबाट ट्र्याक्टर, मोटरसाइकल, बैलगाडा र पैदल यात्रु सबैलाई सहज हुनेगरी मार्गको व्यवस्थापन गरिएको छ । यस समस्याले बर्षौदेखि दुःख पाइ रहेका स्थानीयबासीहरु नगर प्रमुख जैसवालको यस सराहनीय कार्यप्रति खुसी व्यक्त गर्दै उहाँलाई धन्यवाद ज्ञापन गरेका छन् ।
स्थानीयका अनुसार यो कार्यले गाउँको वातावरणलाई सफा, स्वस्थ र बस्न योग्य बनाउन महत्वपूर्ण योगदान गरेको छ । स्थानीय बासिन्दा रामकिशोर पटेल, राम प्रसाद यादवका अनुसार, “हाम्रो गाउँमा यस्तो सफाईको काम पहिले कहिल्यै भएको थिएन । अहिले यो कामले हामीलाई सहज बनाएको छ । नगर प्रमुखप्रति हामी सबै आभारी छौं ।“ यस कार्यले गरुडा नगरपालिका र नगर प्रमुखप्रति स्थानीयको विश्वास र सम्मान अझ बढाएको छ ।त्यति मात्र नभएर सफाइ अभियानले न केवल गाउँको वातावरण सुधार ग¥यो, तर नगर प्रमुखप्रतिको विश्वास पनि बढाएको छ ।
गाउँका नागरिकहरुले यस्ता समस्या समाधानका लागि भविष्यमा पनि तत्पर रहन नगरपालिकालाई आग्रह गरेका छन् । स्थानीयले यस किसिमका समस्या समाधानका लागि समयमै ध्यान दिन र अन्य स्थानमा पनि यस्तै सफाई कार्यको आवश्यकता रहेको बताएका छन् ।
नगर प्रमुख जैसवालले भविष्यमा पनि स्थानीयका हरेक समस्या समाधान गर्न प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस घटनाले सामुदायिक सहभागिता र जनप्रतिनिधिको तत्परताले समस्या समाधानमा कस्तो प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ ।