पवन कुमार उपाध्याय
माघ १०, रौतहट
रौतहटको गरुडामा पहिलो व्यापार तथा पर्यटन महोत्सव बिहिबारबाट सुरु भएको छ । गरुडा नगरपालिका स्थित गरुडा नगर उद्योग बाणिज्य संघले आयोजना गरेको यस महोत्सवको उद्घाटन बिहिबार गरुडाको चिनिमिलको मैदानमा फिता काटेर गरिएको थियो । महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बिणा देवी साह रहनु भएको थियो । उद्घाटन समारोहका दौरान गरुडा नगर उद्योग बाणिज्य संघका अध्यक्ष सतिश कुमार साहले महोत्सवको उद्देश्य र महत्वबारे जानकारी गराउँदै भने, “हाम्रो प्रयासले यहाँका व्यवसायीहरुलाई आर्थिक राहत र अभ्यस्तता प्रदान गर्ने छ ।
“ कार्यक्रमको प्रमुख अतिथि बिणा देवी साहले भनिन, “आर्थिक मन्दीको समयमा स्थानीय व्यापारीहरुलाई यस महोत्सवको आयोजनाले व्यापारमा बृद्धि गर्न मद्दत गर्ने छ । यस महोत्सवले गरुडा नगरपालिकाका नागरिकहरुलाई आर्थिक पहुँच संगै आय आर्जनमा सुधार ल्याउन सघाउनेछ ।“ गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादबले भने, “यस महोत्सवले केवल व्यापारीहरुलाई मात्रै लाभ पुर्याउने छैन, वरु यहाँका सम्पूर्ण ब्यापारीलाई फाइदा पुर्याउने छ ।
हामीले यहाँ सुरक्षा सुनिश्चित गर्न सिसि क्यामरा जडान गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । “ महोत्सवमा विभिन्न प्रकारका स्टलहरु रहेका छन्, जसमा कृषि उत्पादन, हस्तकला, स्वदेशी उत्पादित वस्तुहरु, शिक्षा सामग्री प्रदर्शनी, र स्वास्थ्य एवं पर्यटनसँग सम्बन्धित स्टल शामिल छन् । यस अवसरमा रौतहट जिल्लाका कृषिजात उत्पादनहरुको प्रदर्शनी पनि गरिएको छ, जसले यहाँको उत्पादनशीलता र पराष्टिूय संकल्पलाई प्रस्तुत गर्न सक्षम बनाउँछ ।
नगरपालिकाकी उपप्रमुख पुनम चौधरीले सम्बोधन गर्दै भने, “यस महोत्सवले सीप हस्तान्तरण गर्न र छोटो अवधिको रोजगार प्रदान गर्न सहयोग पुग्नेछ । यसले आर्थिक गतिविधिहरुमा गति ल्याउनेछ ।“ महोत्सवमा करिब दुई लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने मूल आयोजक समितिका संयोजक रामबाबु साह तेलीले बताउनुभयो । पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवमा ९ करोड रुपियाँ बरावरको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवमा बृन्दावन नगरपालिकाको पुर्व नगर प्रमुख रामस्नेहि यादब, गरुडा नगरपालिकाको मेयर प्रत्याशि बृजकिशोर यादब, मेयर प्रत्याशि सुनिल यादब, नेपाल सुन चाँन्दी ब्यवसाय महासंघ मधेश प्रदेशको अध्यक्ष रामजि साह सोनार ,जसपाका युवा नेता
राजकुमार दास तत्मा लगात विभिन्न वक्ताहरुले पनि मन्तव्य राख्दै महोत्सवको सफताको कामना सहित शुभकामना ब्यक्त गर्दै विभिन्न गतिविधिहरुमा सहभागी भएर महोत्सवको रंगीनता र महत्वलाई उजागर गरेका थिए ।
यस महोत्सवको आयोजनाले गरुडा नगरको व्यापारीहरुलाई मात्र होइन, यहाँको सम्पूर्ण आर्थिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ । महोत्सव १५ दिने हुने र यस अवधिमा विभिन्न कार्यक्रम, प्रदर्शनी, र सांस्कृतिक गतिविधिहरु आयोजना गर्ने योजना बनाइएको छ ।उपस्थित दर्शकहरुले इस महोत्सवको मज्जा लिइरहेका छन् र नगरपालिकाले यसलाई सफलतासाथ संचालन गर्न भव्य तयारी गरेको छ