रमेश कुमार यादब
माघ ११, रौतहट
रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नम्बर २, समनपुरमा रहेको श्री लालीगुराँस समाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडले शुक्रबार तेस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहकारी संस्थाकी अध्यक्ष सरिता श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको वर्तमान अवस्था, प्रगति, र भावी योजनाबारे जानकारी दिनु भयो । “उद्यमी सदस्य, समृद्ध समाज, सेवामूलक र व्यवसायिक सक्षम सहकारी” भन्ने नाराका साथ स्थापना भएको यो सहकारीले विगत तीन वर्षदेखि महिलाको सशक्तिकरण, आर्थिक समृद्धि, र उद्यमशीलतामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

संस्थाले १० लाख रुपैयाँको शेयर पुँजीबाट आफ्नो यात्रा सुरु गरेको थियो, जुन अहिले ४०० जना शेयर सदस्य र ६४ वटा समूहसम्म विस्तार भएको छ । सहकारीको स्थापना वि.सं. २०७८ मा हेफर इन्टरनेशनल नेपाल र जनकल्याण युवा समितिको सहयोगमा ८० जना महिला सदस्यहरूबाट गरिएको थियो। हालसम्म सहकारीले सदस्यहरूको जीवनस्तर उकास्न तथा उनीहरूलाई आत्मनिर्भर बनाउन विभिन्न तालीम, ज्ञान, र सिप प्रदान गर्दै आएको छन साथै अगामि दिनमा यस संस्थामा ८ सय सदस्य सम्म पुर्याउने लक्ष्य राखेको बताउनु भयो । अध्यक्ष सरिता श्रेष्ठका अनुसार, सहकारीले यस वर्ष शेयर सदस्यहरूलाई सत प्रतिशत बोनस दिने निर्णय गरेको छ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने शेयर सदस्यहरूलाई विशेष सम्मानका साथ पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले सहकारी संस्थाको कार्यप्रति प्रशंसा गर्दै भन्नुभयो, “यस संस्थाले महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्दै समाजमा सशक्त उपस्थितिको उदाहरण प्रस्तुत गरेको छ । हाम्रो समाजमा महिलालाई घरको काममा मात्र सीमित राख्ने परम्परागत सोचलाई तोड्न यस्ता सहकारीहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । पुरुष र महिला समाजका दुई पाङ्ग्रा हुन्, र परिवार तथा समाजको समृद्धिका लागि सबैले मिलेर काम गर्नु आवश्यक छ ।
”साथै देशको आर्थिक समृद्धि ब्यवसायिक र आधुनिकरण खेती प्रणालीको बिकास गर्नु पर्ने आजको आवश्यकता भएकोले राज्यको तिनै तहका सरकारहरुबाट आधुनिकीकरण तर्फ डोर्याउनु पर्नेमा हामिले यहाँ कोल्डस्टोर निर्माण गर्न लागेको बताउनु भयो ।

त्यसतै सोहि पालिकाको वडा नं. २ का वडाअध्यक्ष दिपेन्द्र श्रेष्ठले सहकारी संस्थाको पारदर्शिता र सदस्यहरूको सक्रियताबारे जोड दिँदै भन्नुभयो, “सहकारीमा रहेको रकमको उचित उपयोग भइरहेको छ वा छैन भनेर समय–समयमा हिसाबकिताब बुझ्न आवश्यक छ । यस सहकारी भित्र रहेका सबै आधारशिला तालिम लिएर बसेकोले सबैले फजुल खर्च नगरी जुन कामको लागि ऋण लगेको हो तेहि काममा लगाउन र विश्वासिलो बन्न आग्रह गर्नु भयो।
यस्तै उहाँले सहकारी भनेको अरु बैंक हरु जस्तो नभएकोले सबै आफ्नो सहकारीको आफै मालिक रहेकोले एकएक हिसाब खोज्न र हर्न सकिने बताउनु भयो। यसले संस्थाको दीर्घकालीन विकासमा योगदान पुर्याउँछ ।” त्यति मात्र नभएर यस संस्थालाई सबैको साथ सहयोगले अझै अगाडी बढाई कुनै कम्पनी खडा गर्ने लक्ष्य लिनु पर्नेमा जोड दिएका थिए ।

त्यसै गरि वडा नं. ८ का वडाअध्यक्ष बजंरगी यादवले स्वागत मन्तव्य राख्दै महिलाहरूलाई कृषिमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले सहकारीमार्फत महिलालाई कृषि उद्यमशीलताको सिप र ज्ञान प्रदान गर्न कर्मचारीहरूलाई विशेष रूपमा सक्रिय हुन आग्रह गर्नुभयो । सहकारीले आगामी दिनमा सदस्यहरूको क्षमता अभिवृद्धि गर्न थप तालिम कार्यक्रमहरू सञ्चालन गर्ने, कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै व्यावसायिक कृषि प्रविधि भित्र्याउने, र स्थानीय उत्पादनको बजार सुनिश्चितता गर्न पहल गर्ने योजना बनाएको छ ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष सरिता श्रेष्ठले सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै सहकारीको भविष्यलाई अझ उज्ज्वल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।साथै आफ्नो बहुमुल्य समय निकालेर यस संस्थामा उपस्थित हुनु भएका अभिभावक लगायत यस संस्थाका शेयर सदस्यहरुलाई बिशेष अभार प्रकट गर्दै कार्यक्रमको समापन गर्नु भएकी थिईन । साधारण सभामा वार्ड नं.४ का वडाअध्यक्ष चुल्हाई राय यादब, शिक्षा शाखाको स–संयोजक संजय राय यादब, कृषि शाखाका कर्मचारी ,सहकारीका शेयर सदस्य, स्थानीय जनप्रतिनिधि, संचारकर्मि र समाजसेवीहरूको व्यापक उपस्थिति रहेको थियो ।