वर्तमानकाल सम्वाददाता
माघ १३, रौतहट
जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक बर्ष २०८१÷०८२ को गत साउन देखी पुस मसान्त सम्म अदालतबाट दोषि ठहर भएका २ सय ६४ जना प्रतिवादीललाई कानुनको कट्घरामा उभाएको छ । रौतहट प्रहरीले आर्थिक बर्ष २०८१÷०८२ को पहिलो ६ महिनामा बिभिन्न मितिमा जिल्लाका बिभिन्न स्थानबाट बिभिन्न मुद्दामा दोषि ठहर भएका अभियुक्तहरुलाई पक्राउ गरि अदालत बुझाएको जनाएको हो ।
गत आर्थिक बर्षमा प्रहरीले पहिलो ६ महिनामा २ सय ६९ जना फरार अभियुक्तहरुलाई पक्राउ गरि अदालत बुझाएको थियो । प्रहरीले अदालतको फैसला कार्यान्वयनलाइ उच्च प्राथामिकतामा राखेर काम गरिराखेको र आउदा दिनहरुमा अझ धेरै संख्या बढने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए । यसैगरी रौतहटमा पछिल्लो समय जबरजस्ती करणीको घटनाहरु घटेको उपरिक्षक घिमिरेले बताए ।
गत साउन देखी पुस सम्ममा रौतहटमा १३ वटा मात्रै जरबजस्तीका घटनाहरु दर्ता भएको र जसमा ६ वटा ६ वटा मुद्दा फछ्यौट गरेको समेत जानकारी दिए । अघिल्लो आर्थिक बर्षको पहिलो ६ महिनामा जबरजस्ती करणीको २१ वटा दर्ता भएको उनको भनाइ छ । यसैगरी यस छ महिनाको अबधिमा कर्तब्य ज्यानको ४ वटा मुद्दा मात्रै दर्ता भएको एसपी घिमिरेले जानकारी दिएका छन् ।
आर्थिक बर्ष २०८०÷०८१ को पहिलो ६ महिनामा ९ वटा कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो । यस्तै यस अबधिमा ३८ वटा चोरीको मुद्दा,१५ वटा लागु औषधका मुद्दा,६ वटा हात हतियार खरखजना मुद्दा र ४ वटा मुद्रा सम्बन्धी मुद्दा दर्ता भएको समेत उनले
जानकारी दिएका छन् ।


