वर्तमानकाल सम्वाददाता
माघ १४ गते ।
रौतहट र सर्लाही जिल्ला जोडने बाग्मती नदिको पुरानो पुलको स्पर भासिएको छ । पूर्वपश्चिम मुख्य राजमार्गको पुलको स्पर भासिएपछि आवातजावतमा समस्या हुने जनाइएको छ । सर्लाही बाट आउँदा पाँच नम्बर रौतहट बाट जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटरको भासिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
तत्कालीन सोभियत संघ सरकारको सहयोगमा पचास वर्ष अघि निर्माण गरिएको पुल जीर्ण भइसेकेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर प्रकाश यादवका अनुसार पुलको स्पर तलमाथि भएकाले आवातजावतमा समस्यामा हुनेछ । भारबहन क्षमताका सवारी साधनलाई एक पटकमा एउटा चल्ने वातावरण बनाउन रौतहट र सर्लाही दुवै जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध गरिएको बताए ।
मुख्य सडक मार्गको पुल एकाएक भासिए पछि पुल महाशाखालाई जानकारी गराइएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुण कुमार लाल कर्णले बताए । पुलको बेरिङ्ग फुटदा जोडिएको दुई स्परको अन्तर भएको र यसले जोखिम निम्त्याउन सक्ने भएकाले समयमै मर्मत गर्नु पर्ने स्थानीय गोपाल घिमिरेले बताए ।