रमेश कुमार यादब
माघ १४, रौतहट
रौतहटमा बिभिन्न कार्यक्रम गरि भब्यताका साथ मनएले है ७२ औं बिश्व कुष्ठरोग दिवस रौतहटमा बिभिन्न कार्यक्रम गरि भब्यताका साथ ७२ औं बिश्व कुष्ठरोग दिवस मनाईएको छ । संस्था द लेप्रोसी मिसन नेपाल (TLMN),, डिगनिटी फस्ट परियोजना अन्तर्गत स्वास्थ्य कार्यालय रौतहट गौर तथा गौर नगरपालिकाको समन्वयमा ७२ औं बिश्व कुष्ठरोग दिवस भब्यताको साथ मनाईएको हो । “विश्व कुष्ठ रोग दिवस भब्यताका साथ सफल पारौ, एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौ’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय प्रमुख राजेश कुमार सिंहको अध्यक्षतामा सदरमुकाम गौरमा ७२ औ विश्व कुष्ठ रोग दिवस मनाईएको छ ।
कुष्ठ रोग भनेको एक दीर्घकालीन संक्रामक सरुवा रोग हो, जुन माईकोब्याक्ट्रेरियम लेप्रो नामक व्याक्टेरियाले हुन्छ । यी रोगले मुख्य रूपमा छाला, स्नायु, नसा, आंखा, र सासप्रश्वास प्रणालीलाई असर गर्छ । यदि समयमा उपचार नगरियो भने यो स्थायी अशक्तताको कारण बन्न सक्छ । यो रोगले मान्छेलाई पुर्ण रुपमा नमारी शारीरिक मानसिक तथा समाजिक रुपमा किस्ता किस्तामा मार्ने स्वास्थ्य कार्यालय प्रमुख राजेश कुमार सिंहले बताए ।

सिंहले रौतहटमा गएको वर्ष १३५ जना कुष्ठ रोगी भेटिएको र उनिहरु अहिले औषधि खाईरहेको बताए । त्यसमध्ये केही निको समेत भैसकेको बत्ताए ।पाप गर्नेलाई कुष्ठरोग लाग्ने भए देशका ठुलाठुला भ्रष्टाचारीहरुलाई लाग्थ्यो सिंहले बताएका छन । यसको औषधी निशुल्क रुपमा पाईने भएकोले रोग नलुकाउन आग्रह गरे । स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंहले यो रोगका लक्षणहरू विस्तारै देखा पर्छन्, प्रायः ६ महिना देखि ५ वर्षसम्मको अवधिमा देखिने मुख्य लक्षणहरूमा छालामा हल्का रङको वा रातो दाग, जसले सुन्ना ।
छालामा घाउहरू, जसले लामो समयसम्म निको हुँदैन। छाला बाक्नी, सुक्खा, र खस्रो हुनु । पसिना नआउने समस्या देखिने बताए । सिंहले हातखुट्टामा झुमकुम वा संवेदनशीलता हराउने, मांसपेशीहरू कमजोर हुनु, औला र खुट्टाका औलाहरू विकृत हुने पनि देखिने बताए । पलक। झिम्काउन समस्या, आंखा सुक्खा हुनु र दृष्टि कमजोर हुनु, नाक बन्द हुने वा रगत बग्ने, नाकको आकार विग्रिनु बताए । यदि माथिका लक्षणहरू देखा परेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।

सिंहले समयमै उपचार गरेमा यो रोग पूर्ण रूपमा निको हुन्छ बताए । साथै यो रोगको बारेमा द लेप्रोसि मिसन नेपालका सहजकर्ताहरुले बिभिन्न गाउँगाउँमा पुगेर यसको बारेमा जानकारी दिनुको साथै कहाँबाट कुन संस्थाबाट यसको औषधी उपलब्ध हुने हो भनि सहयोग गर्ने साथै सबैजनाको काधकाध र हातमा हात राखि साथ दिदै आईरहेको कुरा एकदम सराहनिय रहेको बताए ।
स्वास्थ कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय गौरका राजकुमार साह, स्वास्थ्य कार्यालय गौरका स-संयोजक रुपेश कुमार पंडित, द लेप्रोसी मिसन नेपालको जिल्ला केन्द्रिय ब्यतिm रोशन कुमार साह , सिता बिष्ट, बबिता लगायत लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । द लेप्रोसी मिशन नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको संस्था रौतहटका जिल्ला सम्पर्क व्यक्ति रोशन कुमार साहले जानकारी गराए ।