रमेश कुमार यादब
माघ १५, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिका स्थित श्री वंशीराम जैसवाल अनाथालयमा गरुडानिवासी गुप्ता परिवारले विशेष सहयोग गरेका छन् । परिवारका सदस्य शिला गुप्ताका नाती रुद्धान्स गुप्ताको तेस्रो जन्मदिनको अवसरमा अनाथालयलाई बिहानको खाना, खाद्यान्न, तथा शैक्षिक सामग्री वितरण गरिएको हो । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै गुप्ता परिवारले अनाथालयमा बसोबास गरिरहेका बालबालिकाका लागि दाल, चामल, नुन, तेलजस्ता दैनिक आवश्यक खाद्यान्नका साथै अध्ययनका लागि कापी, डटपेन लगायतका सामग्री प्रदान गरेका छन् । यो अवसरमा परिवारका सदस्यहरूले बालबालिकासँग समय बिताउँदै उनीहरूलाई माया र सहयोगको भावना व्यक्त गरे ।
शिला गुप्ताले बताइन्, “रौतहट जिल्लामा यो एउटा मात्र अनाथालय हो । यहाँका बालबालिकाहरूले असल जीवन जिउन सकून् भन्ने हाम्रो उद्देश्य हो । हामीले यो सानो सहयोग गरेर उनीहरूको दैनिक जीवनमा केही सहजता प्रदान गर्न पाउँदा धेरै खुशी छौं । यस्ता असहाय बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व हो ।“ यस्ता निश्ठुरा बालबालिकालाई सहयोग नगर्ने हो भने अरू कसले गर्ने? त्यसैले नाति रुद्धान्स गुप्ताको जन्मदिनको अवसरमा हामीले यो सानो सहयोग गरेका हौं ।” उनले थप भनिन्, “मेरो नाती रुद्धान्स गुप्ताको जन्मदिनलाई स्मरणीय बनाउन हामीले यो पहल गरेका हौ । सहयोग गर्न पाउँदा निकै गर्व लागेको छ । यसलाई हामी भविष्यमा पनि निरन्तरता दिनेछौं ।“ गुप्ता परिवार अहिले अमेरिका रहेका छन् ।
रुद्धान्स गुप्ताका पिता बिकेकानन्द गुप्ता र उनका परिवार विदेशमा रहे पनि सामाजिक उत्तरदायित्वप्रति सदैव जागरूक रहेको शिला गुप्ताले बताइन् । परिवारको साथ र सहयोगले नै यस्तो कार्य सम्भव भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्तै कार्यमा लागिरहने प्रतिबद्धता व्यक्त गरिन् । हाम्रो परिवार जहाँ गएपनि जन्मस्थानसँगको सम्बन्धलाई बलियो राख्दै सामाजिक कार्यमा संलग्न रहँदै आएका छौ । उनीहरूले आफ्नो सन्तानलाई पनि सहयोग र परोपकारको संस्कार सिकाउन यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको बताए ।
यो सहयोगले अनाथालयका बालबालिकाहरूमा सकारात्मक प्रभाव पारेको छ । अनाथालयका कर्मचारीहरूले गुप्ता परिवारलाई धन्यवाद दिँदै भने, “यस्तो सहयोगले बालबालिकाको शिक्षा र स्वास्थ्यमा निकै मद्दत पु¥याउँछ । समाजका अन्य व्यक्तिहरूले पनि यस्तै उदाहरणीय कार्य गर्नुपर्ने आवश्यकता छ ।“ अनाथालयका बालबालिकाहरूले गुप्ता परिवारलाई माया र आशिर्वाद व्यक्त गरेका छन् । गुप्ता परिवारको यो उदाहरणीय कार्यले “खाने मुखलाई जुँगाले छेक्दैन” भन्ने भनाइलाई चरितार्थ गरेको छ।
आफूसँग भएको सम्पत्ति सही स्थानमा लगानी गर्दा समाजमा सकारात्मक प्रभाव पार्न सकिने कुराको पुष्टि यो सहयोगले गरेको छ । यस कार्यले गुप्ता परिवारप्रति मात्र होइन, समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । जन्मदिन, विवाहजस्ता व्यक्तिगत उत्सवलाई सामाजिक सेवासँग जोडेर मनाउने यो प्रवृत्तिले धेरैलाई प्रेरित गर्ने विश्वास गरिएको छ ।