रमेश कुमार यादब
माघ २०, रौतहट
रौतहट जिल्लाको गौर(चपुर सडकखण्ड अन्तर्गत पर्ने सुकदेव चौकमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ। सो दुर्घटनामा परेर पाँच जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। जिल्लाको यमुनामाई गाउँपालिका–१ स्थित पर्ने सुकदेव चौकमा उत्तरतर्फबाट दक्षिण आउँदै गरेको प्रदेश २–०२–००१ ह ०८३३ नम्बरको अटो र विपरीत दिशाबाट सुकदेव चौक हुँदै गइरहेको प्रदेश २–०३–०१८ प २५६८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर अटोमा सवार तीन जना र मोटरसाइकलमा सवार दुई जना गरी कुल पाँच जना घाइते भएका छन् । अटोमा सवार घाइतेहरुः यमुनामाई गाउँपालिका(३ बस्ने ३४ बर्षको राधेश्याम यादव , गढीमाई नगरपालिका(४ बस्ने बर्ष ६८ को नरेश ठाकुर र गढीमाई नगरपालिका(३ शेख सराजुलकी बर्ष ६० कि श्रीमती मेरातुन नेसा रहेका छन भने मोटरसाइकलमा सवार घाइतेहरु ः यमुनामाई गाउँपालिका(१, जय राम यादवका छोरा बर्ष १८ को आकाश राय , यमुनामाई गाउँपालिका–१ कै मोटरसाइकल चालक बर्ष १८ को चन्दन पासवान रहेका छन ।
दुर्घटनामा मोटरसाइकलमा सवार आकाश राय र चन्दन पासवान गम्भीर घाइते भएका छन् । उनीहरूको टाउको र छातीमा गम्भीर चोट लागेको हुँदा थप उपचारका लागि बिरगंज रेफर गरिएको छ । सामान्य घाइते भएका अटोमा सवार राधेश्याम यादव, नरेश ठाकुर, र मेरातुन नेसा को सुकदेव चौकस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि ईलाका प्रहरी कार्यालय, सुकदेवले अटो चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रफ्तारका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुबै सवारी तीव्र गतिमा रहेको र तीव्र गतिका कारण एक आपसमा ठोक्किएको बताइएको छ । प्रहरीले दुर्घटनाबारे थप विवरण संकलन गरिरहेको छ । सुकदेव चौक क्षेत्र दुर्घटनाका हिसाबले संवेदनशील मानिन्छ । स्थानीयवासीले सडकमा ट्राफिक व्यवस्थापन, गति सीमा नियन्त्रण, र सवारी सुरक्षाका लागि थप उपायहरू अपनाउनुपर्ने माग गरेका छन