रमेश कुमार यादब
माघ २०, रौतहट
बृन्दावन नगरपालिकाको वार्ड नं. ६ हर्षाहास्थित श्री बतहु माध्यमिक विद्यालय को निर्माणाधीन नयाँ भवनको नगर प्रमुख बिनोद प्रसाद कुर्मी ले अनुगमन तथा निरीक्षण गर्नुभएको छ । विद्यालयमा विद्यार्थीहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको र पुरानो भवनको कक्षा कोठाले विद्यार्थीहरूको चाप थेग्न नसकेको कारण नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाईएको हो । नगर प्रमुख कुर्मीले विद्यालयको भौतिक संरचना सुधार गर्न विशेष ध्यान दिइरहेको बताउँदै संघीय सरकारले उपलब्ध प्राप्त ८ करोड बजेट मध्ये ५ करोड रूपैयाँको लागत मा श्री बतहु माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सञ्चालन गरिरहेको जानकारी दिनु भयो ।।
नगर प्रमुख कुर्मीका अनुसार विद्यालयलाई आधुनिक र सुविधासम्पन्न बनाउन विशेष ध्यान दिइएको छ । जनआदर्श एसबी स्टार जेभी, काभ्रे नामक निर्माण कम्पनीले ५ करोड ३० लाख ५१ हजार ४१६ रुपैयाँ लागतमा साढे तीन तल्ले ३३ कोठे भवन निर्माण गर्ने जिम्मा लिएको छ । साढे तीन तल्ले यो भवनमा विद्यार्थीको पठनपाठनलाई प्रभावकारी बनाउन निम्न सुविधाहरू रहनेछन । बिधालयमा कक्षा कोठाहरूः पर्याप्त संख्यामा सुविधासम्पन्न कोठा, कार्यालय कक्षः प्रशासनिक कार्यका लागि विशेष कक्ष , पुस्तकालयः विद्यार्थीहरूका लागि समृद्ध पुस्तकालय , कम्प्युटर कक्षः प्रविधिमैत्री शिक्षा प्रणालीको विकास , विज्ञान प्रयोगशालाः वैज्ञानिक अध्ययन तथा प्रयोगका लागि विशेष कक्ष, शौचालय सुविधाः छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय हुने नगर प्रमुख कुर्मिले बताउनु भयो ।
उक्त बिधालयको निर्माण कार्य २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनु भयो । नगर प्रमुख कुर्मीले विद्यालयको निर्माण कार्यमा कुनै प्रकारको लापरबाही नगर्न निर्देशन दिनुभएको छ । गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गर्न जोड दिँदै उहाँले सिमेन्ट, बालुवा, छड लगायतका सामग्रीहरू आवश्यकताअनुसारको मापदण्डअनुसार प्रयोग गर्नुपर्ने बताउनु भयो । सिमेन्ट, बालुवा, गिट्टी तथा छडको गुणस्तरीय प्रयोग गर्न, निर्माण कार्यमा कुनै प्रकारको लापरबाही सह्य नहुने भन्दै निर्माण समितिलाई सचेत गराउनु भयो । विद्यालय प्रशासन तथा स्थानीय अभिभावकहरूले पनि भवन निर्माण कार्य शीघ्र र गुणस्तरीय रूपमा सम्पन्न गर्न नगरपालिकासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
विद्यालयको नयाँ भवन निर्माणपछि विद्यार्थीहरूको पठनपाठनमा सहजता आउने र शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । नगर प्रमुख कुर्मिले भन्नु भयो हाम्रो यस जिल्लाबाट गुणस्तिरीय पठनपाठन गर्न बुढानिलकण्ड लगायत अन्य ठुलो ठुलो सहरहरुमा जानु पर्ने ठाउँ अन्तय हुने बिश्वास लिनु भएको हो । त्यस कारण उक्त ठाउँको अध्यन अध्यापन हाम्रै जिल्लाको यस्तो बिधालय भवनको निर्माण भयो भने धेरै पैसा खर्च गरेर अन्त बाहिर जानु पर्ने झन्झट मुक्त हुने आशाका साथ अरु ठाउँमा यस प्रकारको भौतिकपुर्वाधार नहुदां यहाँ पुर्ण बाताबरण सहित ठिक ठाउँ भएकोले यस मेगा प्रोजेक्टहरूको थालनी गरेका नगर प्रमुख कुर्मिले बताउनु भयो ।
यस प्रोजेक्टको निर्माण सम्पन पछि यहाँ अरु ठाउँको भन्दा राम्रो अध्यन अध्यापन हुने बिश्वास समेत लिएका बताउनु भयो । साथै अहिले शिक्षामा फडको मार्न नगरपालिका सहित जुन ठाउँबाट जसरी सहयोग हुन्छ हामि गर्न एकबद्ध भएर लागी परेका बताउनु भयो । यस बिधालयको गत माघ १ गते नेकपा (एस) का केन्द्रीय महासचिव तथा संविधान सभा सदस्य रामकुमार भट्टराई र बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले संयुक्त रूपमा शिलान्यास गर्नु भएको थियो ।