रमेश कुमार यादब
माघ २१, रौतहट
बृन्दावन नगरपालिकाको सखुआवा धमौरामा रहेको श्री रुपा नेपाली पाल माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । कक्षा १ देखि १२ सम्मको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञान सम्बन्धी प्रयोगात्मक कामका लागि
गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । नगर प्रमुख कुर्मिको बिशेष पहलमा संघिय सरकार मार्फत र नगरपालिकाको आर्थिक अनुदानमा पहिलो पटक विद्यालयमा प्रयोगशाला र सूचना प्रविधि पु¥याउने उद्देश्यले विज्ञान प्रयोगशालाको स्थापना गरी सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक धिरेन्द्र प्रसाद सिंहले बताएका छन ।

प्रयोगशाला स्थापना गर्न नगरपालिकाको सहयोगमा ६ लाख ५० हजार रुपैयाँको लागतमा प्रयोगशाला स्थापनाका भएको नगरपालिकाको नगर प्रमुख कुर्मिले जानकारी दिँदै विद्यालयलाई हरित विद्यालय बनाउन पनि पहल भइरहेको बताए । सरस्वती पुजाको पावन अवसरमा सोमबार प्रयोगशाला उद्घघाटन तथा हस्तान्तरण कार्यक्रममा विज्ञान शिक्षकले केही विद्यार्थीलाई सामग्री प्रयोग गरेर देखाए थिए । विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने अपेक्षा गरिएको नगरपालिकाको नगर प्रमुख कुर्मिले बताएका थिए ।
विज्ञान प्रयोगशाला स्थापना भएपछि बिशेष गरेर कक्षा ८ देखि १२ सम्मका विद्यार्थी लाभान्वित हुने भएका छन् । विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न कठिनाई थियो । बिधालयमा प्रयोगशालाका लागि पर्याप्त सामग्री उपलब्ध भएपछि विद्यालयको कक्षा कोठामा अलग्गैरुपमा प्रयोगशाला स्थापना गरिएको छ । छुट्टै प्रयोगशाला कक्षा कोठा भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहज रुपमा सिक्न पाउने भएका छन् । सोमबार एक कार्यक्रमकाबीच नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले प्रयोगशालाको उद्घघााटन गर्नु भएका थिए ।

उनले प्रयोगशालाको उद्घघाटन गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्न नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए । सोहि कार्यक्रम मार्फत बिधालयको अवस्थालाई मध्यनजर गर्दै बिभिन्न निर्माण कार्यहरुमा पनि सहयोग गर्ने बताउनु भयो ।
नगर प्रमुख कुर्मिले उक्त बिधालयको शौचालय निर्माणका लागी २० लाख रुपैंया दिने सोहि मन्चबाट घोषणा समेत गर्नु भएको थियो त्यति मात्र नभएर सोहि बिधालय स्थित रहेको अधुरा भवनको पलास्टर,झयाल ढोका लगायत रंगरोदन गर्नको लागी २५ लाख रुपैया सहयोग गर्ने बताउनु भइको थियो ।
बिधालयमा रहेको सरस्वती माता मन्दिर जिर्ण अवस्थामा रहेकोले उक्त मन्दिरको निर्माणको लागी ५ लाख रुपैंया दिनुको साथै बिधालय पठनपाठन लगायत अतिरिक्त क्रियाक्लाप राम्रो रहेको कारण शिक्षाको गुणस्तरीय अझै राम्रो बनाउनको लागी शिक्षकहरुलाई प्रोत्साहन स्वरुप ५१ ह्जार रुपैंया पुरस्कार प्रदान गर्नु भएको थियो । जसले गर्दा बिधालयको शिक्षक शिक्षीकाहरुको मनोबल बढने र पढाई लेखाईमा अझै ध्यान दिने बिश्वास नगर प्रमुख कुर्मिले लिएको हो ।
बिधालयलाई सहयोग गरेको सामग्रीको बारेमा जानकारी दिँदै सोहि वार्डका वडाअध्यक्ष जग्रनाथ प्रसाद भेडिहरले भने नगर प्रमुख कुर्मिको बिशेष पहलमा संघिय सरकार मार्फत र नगरपालिकाले गरेको सहयोग प्रति बिशेष धन्यबाद दिएका थिए । साथै बालबालिकालाई विज्ञान र प्रविधिसँग जोड्न आधुनिक पढाई र विज्ञान प्रयोगशााला स्थापना भएर सञ्चालनमा आउनु विद्यार्थीका लागि एक सुनौलो अवसर भएको वडाअध्यक्ष भेडिहरले भने ।
हस्तान्तरण गरिएको सामग्रीमा विद्यार्थीले छुन पाउने, पढ्न पाउने र सिक्न पाउने कुरामा आफू विश्वस्त रहेको उनले सुनाए ।कार्यक्रममा बिभिन्न राजनेतिकदलका राजनेतिककर्मि, शिक्षक, बिधार्थीवर्ग, बुद्धजिवी लगायत वार्डका बिभिन्न ब्यतिmहरुको सहभागिता रहेको थियो ।
