वर्तमानकाल सम्वाददाता
माघ २३ गते ।
सरस्वती माताको मुर्ती सेलाउने क्रममा वागमती नदीमा वेपत्ता भएका युवकको शव बुधवार १५ घण्टा पछि फेला
परेका छन् ।सरस्वती माताको पुजा सम्पन्न गरेर मंगलवार राति ७ बजेको समयमा मुर्ती सेलाउन गएका चार जना युवक मध्ये २२ बर्षीय सूरज यादव वागमती नदीमा डुबेर वेपत्ता भएका थिए ।
गएराति निकै खोजी कार्य गर्दा समेत फेला नपरेपछि आज विहानै देखि खोजी कार्य गरिरहदा १५ घण्टा पछि साढे १० बजेको समयमा शव फेला परेको स्थानीय बासिन्दाहरुले बताएका हुन् ।
राजदेवी नगरपालिका वडा नम्वर ७ मुडबलवा गाउँमा निजी लगानी एवं चन्दा संकलन गरेर सरस्वतीको पुजा गरे । पुजा सम्पन्न भएपछि मुर्ती सेलाउन राजदेवी नगरपालिका वडा नम्वर ६ हनुमान मन्दीर नजिकको वागमती घाटमा गएको थियो ।
चारैजना युवाहरु खोलामा डुब्न थालेपछि ३ जना बहिरियो तर राजदेवी ७ मुडबलवाका उमेश यादवको २२ बर्षिय छोरा सुरज यादव डुबेर वेपत्त भए । स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अथक प्रयास पछि मुर्ती सेलाएकै स्थानमा मुर्तीमै चेपिएको अवस्थामा शव फेला परे । बरामद भएका युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको जानकारी दिदै रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले प्रहरी आवश्यक अनुसन्धान सुरु गरेको बताए ।
मुर्ती सेलाउन गएका वेपत्ता युवकको शव १५ घण्टा पश्चात नदीमा फेला
