रमेश कुमार यादब
माघ २३, रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप सम्बन्धी स्थानीय तह स्तरीय समन्वय समिति, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बृन्दावन नगरपालिकाको सभाहलमा बृन्दावन स्वास्थ्य शाखाको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख बिनोद प्रसाद कुर्मि रहनु भएको थियो ।
कार्यक्रममा पाठेघरको मुखको क्यान्सर र त्यसविरुद्धको प्रभावकारी खोपका बारेमा गहिरो छलफल गरिएको थियो । नगर प्रमुख कुर्मिले भने पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूको प्रमुख स्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै यसका रोकथामका उपायहरूमा विशेष ध्यान दिनुपर्ने बताएका थिए । उनले नगरपालिकाभित्रका सम्पूर्ण लक्षित बालिकाहरूलाई एचपीभी खोप सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खोप अति नै लाभदायक भएको हुनाले यस खोप लिनबाट अटेरी नगर्न नगरबासिमा हार्दिक अपिल समेत गर्नु भएका थिए । नेपाल सरकारले यस वर्ष देशभर १६ लाख किशोरीहरूलाई एचपीभी खोप दिने लक्ष्य राखेको छ । सोही अनुसार बृन्दावन नगरपालिका भित्र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरू तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई खोप दिने स्वास्थ्य शाखा संयोजक रास नरायण पटेलले बताउनु भएका थिए । संयोजक पटेलले भने बृन्दावन नगरपालिका यहि माघ ३० देखि फागुन ६ गतेसम्म नगरपालिकाभित्रका विद्यालयहरूमा खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
यो खोप बालिकाहरुको लागी अति नै प्रभावकारी रहेका छन ।त्यसतै सोहि पाठेघर क्यान्सर बिरुद्ध कार्यक्रमको फोकल पर्सन हरिनरायण पटेलका अनुसार नगरपालिकाभित्रका विद्यालयहरू लगायत बिधालय बाहिर रहेका जम्मा ३ हजार १ सय ४ जना बालिकाहरुलाई खोप प्रदान गरिने बताउनु भयो । यो लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने उनको भनाइ छ ।औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले १० वर्ष देखि १४ वर्ष मुनिमा किशोरीहरु कोही पनि नछुटाउन हुनेमा उनको जोड थियो

।नेपाल सरकारले चिनियाँ कम्पनी इनोभेक्सले उत्पादन गरेको ’सिकोलिन’ खोप विश्व स्वास्थ्य संगठन (ध्ज्इ) बाट मान्यता प्राप्त भएको र गाभीको सहयोगमा सरकारले सह(लगानी गर्दै निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । सरकारी स्वास्थ्य संस्थाहरूमा यो खोप निःशुल्क उपलब्ध गराइनेछ त्यसकारण सबै जनाले यो खोप लिन अति आवश्यक रहेको बताउनु भएको थियो । नेपालमा हरेक वर्ष २,१७९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ भने १,३१३ जना महिलाको मृत्यु हुने तथ्यांक रहेको छ । यो क्यान्सर ह्युमन पापिलोमा भाइरस (एचपीभी) का कारण लाग्ने गर्दछ ।
यसबाट बच्नका लागि जनचेतना फैलाउने, सुरक्षित यौन व्यवहार अपनाउने र एचपीभी खोप लगाउने मुख्य उपायहरू रहेका छन् । खोपको प्रभावकारिता, लक्षित समूह, सम्भावित साइड इफेक्ट तथा यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक उपायहरूको बारेमा छलफल गरेका थिए । यस खोप अभियानले पाठेघरको मुखको क्यान्सरको दर घटाउन महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । नगरपालिकाले सम्पूर्ण लक्षित बालिकाहरूलाई खोप सुनिश्चित गर्न अभिभावकहरूको सहकार्य र व्यापक जनचेतना आवश्यक रहेकोमा जोड दिएको छ ।
त्यसतै सोहि कार्यक्रमको सम्बोधन गर्दै बृन्दावन नगरपालिकाको वार्ड नंं. १ का वडाअध्यक्ष रामनाथ सहनी र वार्ड नं.३ का वडाअध्यक्ष हरिनरायण साहले आ–आफ्नो वार्ड भित्र यस उमेरका सम्पुर्ण बालिकाहरुलाई खोप लिन आग्रह समेत गर्नु भएका थिए । यस खोपले पाठेघरको मुखको क्यान्सर बिरुद्धको रोगबाट लडने क्षमता प्रदान गर्ने हुने भएकोले आफ्नो प्याक पर्ने स्वास्थ्य चौकीमा गएर खोप लिन आग्रह गर्नु भएका थिए ।
उक्त कार्यक्रममा नगरपालिकाका बिभिन्न वार्डका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य राजेश पासवान निर्माणी, वडासदस्यहरु, नायब सुब्बा हरि प्रसाद दुलाल ,रोजगार शाखा प्रमुख हरेराम पंडित,स्वास्थ्य शाखा उपप्रमुख ईदमहम्मद मंसुर, एम.आई.एस
अपरेटर सरोज कुमार यादब, फिल्ड सहायक अनिल यादब, हेल्थ असिसटेन्ट रोशन कुमार पटेल, स्वास्थ्यकर्मी , कर्मचारी, अभिभावक, सञ्चारकर्मी, बुद्धिजीवी तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।