कृष्ण तिवारी
माघ२४गते ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका–३ मेवामा रहेको श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई स्कुल ड्रेस वितरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच उक्त विद्यालयमा अध्ययनरत ४सय८०जना विद्यार्थीलाई आर्थिक बर्ष २०८१÷८२ छात्रवृत्तिको रकमबाट स्कुल ड्रेस वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रामजन्म महतोले बताए ।प्रत्येक विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन र पठनपाठनमा सहज होस् भन्ने उदेश्यले स्कुल ड्रेस वितरण गरिएको प्र.अ. महतोले बताए।
विद्यालयमा अध्ययनरत दलित विद्यार्थी तथा छात्राहरुको लागि आउने छात्रवृत्ति रकमबाट विद्यालयमा अध्ययनरत शिशु कक्षा देखी कक्षा ५ सम्मका ४सय ८० विद्यार्थीहरुलाई स्कुल ड्रेस वितरण गरिएको विद्यालयका प्र.अ. महतो ले बताए । विद्यार्थीहरुलाई स्कूल ड्रेस शैक्षिक सुधारको एक अंस भएकोले यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई शिक्षामा टेवा पुगोस् भन्ने उदेश्यले स्कुल ड्रेस वितरण गरिएको वडा अध्यक्ष रामईश्वर यादवले बताए। स्कूल ड्रेस वितरण कार्यक्रममा पुर्व वडा अध्यक्ष दीपनारायण साह समाजसेवी बिरेन्द्र प्रसाद यादव , दिना साह शिक्षक राम आशिष गुप्ता माधुरी महतो, संगिता पडित राजेश साह विद्यार्थी ,पत्रकार अभिभावक तथा भद्रभलादमी बुद्धिजीवीहरुको उपस्थिति रहेका थिए।