वर्तमानकाल सम्वाददाता
माघ २७ गते ।
उधारो सामान नदिदा निर्घात कुटपिट गरेर हत्या गरिएका आरोपितलाई आर्थिक चलखेलको आधारमा सफाई दिएकोमा आक्रोशित पीडित परिवारले रौतहट जिल्ला अदालतलाई घरेउ गरेर चर्का नारावाजी गरी प्रदर्शन गरिरहेका छन् । यमुनामाई गाउँपालिका वडा नम्वर ४ सरुअठा गाउँ बस्ने ५२ बर्षीय रामविनोद गुप्तालाई २०७६ साल असार ४ गते राति १० बजेको समयमा सामान उधारो नदिदा सोही गाउँका विन्देश्वर सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह भन्ने राजा सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, बडाबाबु सिंह, रामविनोद सिंह र निखिलकुमार सिंह सामुहिक रुपमा मिलेर निर्घात कुटपीट गरेर हत्या गरेको थियो ।
गुप्तालाई हत्या गरेर आरोपितहरु फरार भएका थिए । तर अदालतको कर्मचारी संग सेटिंग गरेर प्रहरीमा दुई जना हाजिर भए ।
रामविनोद सिंह र रामकिशोर सिंहलाई प्रहरीले अदालतमा पेश गरे तर जिल्ला अदालत रौतहटको १ नम्वर बेञ्चका न्यायाधीश मनोज केसीले सफाई दिदा न्याय पाउने आशामा बसेका पीडित पक्षलाई झन् न्यायालय प्रति आक्रोशित बनाए । न्यायाधीश केसीको इजलाशले सफाई दिदा पीडितलाई थप पीडित बनाएको आरोप लगाउदै उनीहरुले ब्यानर सहित अदालतको मुख्य गेटमा धर्ना घेराउ गर्दै न्यायाधीश विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
पीडित परिवारका सदस्य एवं मृतकको भाई राजन गुप्ताका अनुसार कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्तावाला रहेको मुद्दा नं. ०७९ सि १ को ०१५२ नबालक निखिल सिंह र ०१८२ सवालक विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडा बाबु सिंह र रामविनोद सिंह मध्ये दुई जना रामकिशोर सिंह र रामविनोद सिंहलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गर्दा दुबै जनालाई माघ २० गते भएको पेशीमा मुख्य न्यायाधीश मनोज केसीले सफाई दिएको र नबालक निखिल सिंहलाई अपराध गरेको कसुर ठहर गरेकोमा पिडित जाहेरवाला राजन गुप्ता र मृतक रामविनोद गुप्ताको श्रीमती अनिता देवीले उक्त फैसला आर्थिक चलखेलको आधारमा भएको गम्भीर आरोप लगाउदै आरोपितहरुलाई अविलम्ब पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै धर्ना प्रदर्शन गर्दै आएका छन् ।
नवालक आरोपित निखिल सिंहको आईतबार थुनछेक बहस चलिरहदा हातमा माइक लिएर रौतहट अदालतको मुख्य गेटमा पीडित राजन गुप्ताले न्यायाधीश, कर्मचारी सहित प्रहरी विरुद्ध चर्का नारावाजी गर्दै घेराउ गरिरहेको छ । न्यायको लागि हामी जस्तो सुकै कठोर अवस्था सहन तयार रहेको संचारकर्मी समक्ष भने । प्रदर्शनमा सहभागी भएकाले भन्यो, हामी अन्य समुदायको भएपनि हाम्रै आँखा अगाडी निर्घात कुटपीट गरेर मरणासन्न अवस्थामा पुर्याइदिए, पछि उपचारको क्रममा वीरगञ्जमा रामविनोद गुप्ताको मृत्यु भयो ।
अब हामीहरु सरुअठामा सुरक्षित छैनौं किनभने पैसाको बलमा अपराधीलाई उम्काउने कार्य न्यालयबाट भएकोमा दुखेसो पोखे ।
जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले उक्त मुद्दामा दुई जना सफाई पाएको र नवालकलाई कसुवार ठहर गर्दै १२ बर्ष कैद सजायको फैसला भएको उनले बताए ।