लामो समयदेखि फरार रहेका ४६५ जना प्रतिवादी रौतहट प्रहरीद्धारा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ माघ २७, आईतबार (१ साल अघि)
  • ३ पटक पढिएको
लामो समयदेखि फरार रहेका ४६५ जना प्रतिवादी रौतहट प्रहरीद्धारा पक्राउ

|Close up of male hands in bracelets behind back

वर्तमानकाल सम्वाददाता
माघ २७, रौतहट

जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियानअन्तर्गत दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्यान्वयनको लागी जिल्लामा सञ्चालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उक्त प्रतिवादीहरू लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको हो।

जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५ रुपैयाँ जरिबाना तोकिएका शेख टईटसहित विभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो। अन्य पक्राउ पर्नेमा किर्ते जालसाजी मुद्दाका कैलाश माझी, धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल, रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै जना लाई फैसला कार्यान्वयन लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय
रौतहटका सह प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन् । यस अघि एसपी दिलीप घिमिरेको विशेष सक्रियतामा सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका निकायबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३७८ जना प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ ।

त्यसैगरी जिल्ला अदालत रौतहट लगायत निकायमा चालु मुद्दाको फरार ८७ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ

ताजा अपडेट

खोजी गर्नुहोस