रमेश कुमार यादब
माघ २८, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकाले आफ्नो १२औँ हिउँदे अधिवेशन सोमबार सम्पन्न गरेको छ । नगरसभाको अधिवेशन गरुडा नगरपालिकाको सभाहलमा एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो । यो अधिबेशन गाउँ सभा÷नगर सभा÷जिल्ला सभा कार्य सन्चालन ऐन २०७७ अनुसार नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको सभाअध्यक्षतामा तथा जिल्ला बिकास समन्वयन समितिको सभापति रामअयोध्या यादबको अध्यक्षतामा १२ अधिबेशन सम्पन भएको छ ।
उक्त १२ औं अधिवेशनमा सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि तथा स्थानीय निकायका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख जैसवालले नगरपालिकाको विकास, समृद्धि र स्थानीय जनताको हितलाई मध्यनजर गर्दै हिउँदे अधिवेशन आयोजना गरिएको बताएका छन् । उनले नगरपालिकाका नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा सभाले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका थिए ।

साथै, नगरपालिकाका प्रमुख योजनाहरू, पूर्वाधार निर्माणका योजना, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य क्षेत्रका विभिन्न कार्यक्रमहरूको कार्यान्वयनबारे छलफल गरिएको जानकारी गराए । नगरप्रमुख जैसवालले भने, “नगरपालिकाको विकासका लागि जनताले प्रदान
गरेको म्यान्डेट अनुसार नै म अघि बढिरहेको छु । कार्यपालिकाका सबै सदस्यहरूको अधिकार समान छ, त्यसैले सबैको सहमतिमा नगरपालिकाका कामहरूलाई अगाडि बढाइनेछ ।
“म लगायत निर्वाचित वडाअध्यक्षहरुलाई आफ्नो कार्यकालको अढाई बर्षमा यस्तो राम्रो काम गरिरहेका छौ कि बिरोधीहरुको टाउको दुखाईको अवस्था बनेको छ । जसले उनीहरुले हाम्रो एकतालाई तोडन र जनता माझ असफल बनाउन लागी परेका छन, जसले हामीलाई कुनै फरक पर्ने छैन । नगर प्रमुख जैसवालले भने यदि हामि आफ्नो दायित्व, कर्तव्य जनताप्रति इमानदारीपूर्वक गरिरहेको छ भने कसैले पनि गलत भन्न नसक्ने ठोकुवा गरे ।

सत्यको लडाइँ लड्न यथार्थसँग हिँडन सबैसँग आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका सभापति
रामअयोध्या यादवले नगरपालिकाको प्रगतिको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी नीति तथा योजना लागू गर्न सुझाव दिए ।
उनले स्थानीय विकास योजनाहरूको समन्वयात्मक कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए ।अधिवेशनमा नगरपालिकाले चालु आर्थिक वर्षका लागि प्रस्ताव गरिएका विभिन्न योजनाहरूको समीक्षा गर्दै आगामी योजनाहरू तय गरेको थियो ।
नगरपालिकाले स्वास्थ्य, शिक्षा, सडक निर्माण, खानेपानी तथा सरसफाइ, कृषि तथा रोजगारी प्रवद्र्धनमा विशेष ध्यान दिने प्रतिवद्धता जनाएको छ ।गरुडा नगरपालिकाको वार्ड नं.–३ का वडा अध्यक्ष अम्बिका सहनीले स्वागत मन्तव्य राख्दै भने हामिले गरिरहेको कार्य एकदम सराहनीय रहेको बताउनु भएको थियो । हिउँदे अधिवेशन गर्नलाई अति नै जरुरी रहेकोले हामीले अधिवेशन आयोजना गरिएको उनको भनाइ रहेको थियो । त्यसैगरी वडा(५ का वडा अध्यक्ष रामबिनोद साहले भने हाम्रो नगरपालिकामा धेरै बिकास
बिरोधीहरु रहेका छन ।

जनताको हकहितमा हामिले गरेको काम देखेर हामिलाई असफल बनाउन बिभिन्न जालझोल गरेका छन । तर बिगतको काम र अहिलेको काम जनताले मुल्याङ्कन गरिरहेका छन जनता एउटा सिसि टिभि वहाँहरुले सबै कुराको मुल्याङ्कन गरिरहेका छन । कार्यक्रम सञ्चालन योजना शाखा प्रमुख रामानन्द सहनीले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमले पुस मसान्तभित्र हिउँदे अधिवेशन गर्नुपर्ने भएकोले कार्यक्रम गर्नुुपरेको बताए । लिजामा बढी मार्क ल्याउन हिउँदे अधिवेशन गर्नुपरेको बताए ।

अधिवेशनमा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा स्थानीयबासीहरूले नगरपालिकाको काम, उपलब्धि तथा आगामी योजनाहरूबारे खुलेर छलफल गरेका थिए । कार्यक्रममा सहभागीहरूले नगरपालिकाले सेवा प्रवाहमा सुधार गर्नुपर्ने, विकास योजनाहरू शीघ्र कार्यान्वयन गर्नुपर्ने, स्थानीय स्तरमा पारदर्शिता बढाउनुपर्ने लगायतका विषयमा सुझाव दिएका थिए ।नगरसभाको अन्त्यमा नगर प्रमुख जैसवालले स्थानीय विकासका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनताको सेवा प्रवाहलाई अझ सरल, सहज र पारदर्शी बनाउने प्रतिबद्धता जनाए।

साथै, नगरवासीहरूलाई सहकार्य र सहयोगका लागि धन्यवाद ज्ञापन गरे । गरुडा नगरपालिकाको १२औँ हिउँदे अधिवेशनमा नगरपालिकाका वडा–१ का वडाअध्यक्ष शेख वाहब, , वडा–२ का वडा अध्यक्ष किशनन्दन सहनी, वार्ड नं.४ का वडाअध्यक्ष सुनिल जैसवाल , वार्ड नं.६ का वडाअध्यक्ष रामबाबु साह, वार्ड नं.७ का वडाअध्यक्ष प्रबिण सिंह यादब, वार्ड नं.८ का वडाअध्यक्ष रामबिशिष्ठ यादब लगायत कार्यपालिका सदस्यहरूको सहभागिता नगर विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका विषयमा छलफल, नगरपालिकाले आगामी वर्षका लागि विभिन्न योजनाहरू तय कार्यान्वयनमा पारदर्शिता, समन्वय र सहभागिताको आवश्यकता उठाइएको यस हिउँदे अधिवेशनले गरुडा नगरपालिकाको विकास योजनाहरूलाई थप सुदृढ गर्ने विश्वास गरिएको थियो ।