रौतहट,२९ माघ। रौतहटको गरुडा नगरपालिका वडा न. ४ को वडा अध्यक्ष सुनिल जयसवालले आफु माथि लागेको समाजिक संजालमा झुठो तथा कपोकल्पित रहोको बताएका छन् ।
आफुले नियम कानुनको परिधिमा रहेर मात्र काम गर्ने गरेको बताए। केही दिन देखि गरुडा नगरपालिका -४ मा जनता आवास कार्यक्रममा गरिब , बिपन्न, परिवारको घर बनाउनको लागि आएको रकम दिनको लागि प्रतेक परिवार संग रु. ५ हजारको दरले वडा अध्यक्ष सुनिल जयसवालले रकम असुल गरेको समाचार समाजिक संजालमा आएको प्रति दु:ख व्यक्त गर्दै वडा अध्यक्ष जयसवालले यस्तो घृणित कार्य न गरेको र आफुलाइ राजनीति चरीत्र हत्या गर्ने मनसायले केही विपक्षीले बदनाम गर्ने खोजेको पत्रकार स्मेलनमा वडा अध्यक्ष जयसवालले बताए ।
यो कार्यक्रम जनता आवासको न भइ संघीय सरकारको संसदीयकोष मार्फत सघन सहरी तथा भवन निर्माण बिभागको सुरक्षित नागरिक आवास कार्यक्रम रहेको र छिटोभन्दा छिटो छनौट भएको घर थुरी लाई रकम वहाँको खातामा नै उपलब्ध हुने बताए ।
वडा अध्यक्ष जयसवालले भने मैले बिगतका बर्षहरुमा जनताहरुको लागी आर्थिक सहयोग, विपद व्यवस्थापन, डिपिआर, कृषि, पिछडिएको वर्गलाई सहयोग, गर्दै आएपनि यस कुराको चारंैतिर फैलाउनुको सट्टा केही मिडियाले आफुलाई बदनाम गर्न खोजेको बताए ।
आफु निर्वाचित भएदेखि जनताको हकहितको लागी देखि शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानीमा बिशेष ध्यान दिएको र सोहि सरह काम गरिरहेको पनि बताए। आफ्नो स्वार्थ पुर्ति नहुँदा केही ब्यक्तिहरुले वडा सचिवसमेतलाई बदनाम गर्ने षड्यन्त्र रचेको वडा अध्यक्ष जयसवालले आरोप लगाए ।