रिंकु सदालाई न्यायको माग गर्दै रौतहटमा दीप प्रज्वलन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन ९, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
रिंकु सदालाई न्यायको माग गर्दै रौतहटमा दीप प्रज्वलन

वर्तमानकाल सम्वाददाता
फाल्गुन ०९ गते ।

बलात्कारको घटना ढाकछोप गर्ने प्रयास पछि आत्महत्या गरेकी रिंकु सदा मृत्यु प्रकरणमा न्यायको माग गर्दै आज रौतहटमा दीप प्रज्वलन गरिएको छ। दलित संघर्ष समितिको अगुवाई तथा विभिन्न दलित संघ संगठन हरुको संयुकत्वमा शुक्रबार बेलुकी गौर स्थित मधेसी क्रान्ति चौकमा दलित अगुवाहरुले दिप प्रज्वलन गर्दै घटनामा संलग्न दोषीहरु माथि अविलम्ब कारवाहीको माग गर्दै,मृत आत्माको चिरशान्तिको कामना गरेका छन्। कार्यक्रममा बोल्दै वरिष्ट दलित अगुवा मटुक पासवानले रिंकु कुमारी सदामाथि भएको सामूहिक बलात्कारको घटनालाई पंचायत बसेर लेनदेनमा टुंग्याएपछि रिंकुको रहस्यमय मृत्यु भएकोले दोषी उपर कडा कारबाहीको लागि जोडदार माग गर्दै,उनले दलित माथि भइ रहेको जातीय भेदभाव तथा अन्याय अत्याचारको विरुद्धमा आफु हरु कडाभन्दा कडा आन्दोलनको त्यारी गरिरहेको बताए।

त्यसैगरी मधेसी दलित गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानले देशमा दलितको संख्या साठी लाखको हाराहारीमा हुदाहुदै दलितहरुको कुनै पनि ठाउँमा सुरक्षित न रहेको बताएका छन् । देश जातिय छुवाछूत मुक्त भएको वर्षौं बितिसक्दा पनि देशमा जातिय भेदभाव तथा छुवाछूत सम्बन्धि अपराधका साथै दलित माथि विभिन्न प्रकारका अन्याय अत्याचार अझै पनि थपिदै गइरहेको उनको भनाइ छ। सिरहाको रिंकु सदामाथि भएको सामुहिक बलात्कारको दोषीमाथि कडा कारबाहीको माग गर्दै अध्यक्ष पासवानले सदाको उचित न्याय का लागि आफुहरु चरणबद्ध रुपले आन्दोलन जारी नै राख्ने बताए।

त्यस्तै सो दिप प्रज्वलन कार्यक्रमको विसर्जन गर्दै दलित संघर्ष समिति रौतहटका संयोजक सोनालाल रामले दलित माथि भइरहेको अन्याय,अत्याचार,बलात्कार तथा छुवाछूतको घटनाको विरुद्धमा चरणबद्ध रुपले आवाज उठाउन तथा आन्दोलन गर्न नयाँ रणनीति त्यार पार्ने सोचका साथ भोलि गौरको दलित छात्रावासको हलमा उपस्थित भइदिनुहुनका लागि सम्पूर्ण दलित समाजमा हार्दिक समेत गरेका छन्। 

उक्त दिप प्रज्वलन कार्यक्रममा वरिष्ट दलित अगुवा मटुक पासवान, मधेसी दलित गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवान,दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनालाल राम, दलित अगुवा तथा कानुनी सल्लाहकार सोनालाल पासवान,युवा नेता उदय नरायण राम,शिवशंकर पासवान र राजेश पासवान (निर्माणी) लगायत जिल्ला भरिएकै दर्जनौं दलित सामाजिक अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे। गत माघ ३० गते रिंकु सदा आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

ताजा अपडेट

खोजी गर्नुहोस