गहुं बारीमा रौतहटका एक जना पुुरुष मृत फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन ९, शुक्रबार (१ साल अघि)
  • ४ पटक पढिएको
गहुं बारीमा रौतहटका एक जना पुुरुष मृत फेला

वर्तमानकाल सम्वाददाता
फाल्गुन ०९ गते ।

सर्लाहीको गोडैता नगरपालिका–९, रोहुवा गाउँस्थित गहुँखेतमा शुक्रबार दिउँसो एक पुरुषको मृत्यु भएको छ । मृतकको पहिचान रौतहटको गढिमाई नगरपालिका–२, हथियौलका ४५ वर्षीय शुद्धिलाल साहको रूपमा भएको छ । साह आफ्नी श्रीमतीको माइती घर रोहुवामा बसेर सागसब्जी बिक्री गर्दै आएका थिए ।
स्थानीयले साहलाई गहुँखेतमा रहेको बिजुलीको ट्रान्सफर्मर मुनि मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको प्रकृति हेर्दा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने स्थानीयको भनाइ छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी
निरीक्षक बालिष्टार सिंहका अनुसार मृतक साहको हात ट्रान्सफर्मरमा जोडिएको अर्थिङको तार समाएको अवस्थामा थियो भने नजिकै एक थान पिलाससमेत फेला परेको छ ।
प्रहरीका अनुसार साहको मृत्यु कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ। प्रारम्भिक अनुसन्धानमा करेन्ट लागेर मृत्यु भएको आशंका गरिएको भए पनि घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीको भनाइ छ ।
स्थानीय बासिन्दाले बिजुलीको ट्रान्सफर्मर आसपासको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरूले बिजुली पोल तथा ट्रान्सफर्मरको सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेका छन् ताकि भविष्यमा यस्ता दुर्घटना नदोहोरिउन्।

ताजा अपडेट

खोजी गर्नुहोस