कागजात नभएका १२ मोटरसाइकल भन्सार चलान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन १४, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
कागजात नभएका १२ मोटरसाइकल भन्सार चलान

रमेश कुमार यादब
फाल्गुन १३ गते ।

जिल्ला प्रहरी कार्यालय रौतहटले फागुन १ गते यता विभिन्न स्थानबाट नियन्त्रणमा लिएका कागजात नभएका १२ थान मोटरसाइकल भन्सार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी तस्करी तथा अवैध रूपमा प्रयोग भइरहेको आशंकामा प्रहरीले विभिन्न स्थानबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको थियो। बरामद गरिएका मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान गरेपछि कानुनी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायले जानकारी दिए।

प्रहरीले भन्सार चलान गरिएका मोटरसाइकलको बजार मूल्य करिब ९ लाख ६० हजार रुपैयाँ रहेको जनाएको छ। डीएसपी
रायका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये अधिकांश भारतीय नम्बर प्लेटका छन् भने केही नेपालमा दर्ता नभएका अवैध रूपमा प्रयोग गरिएका मोटरसाइकल छन्। प्रहरीले नेपालमा अवैध रूपमा सञ्चालनमा रहेका सवारी साधनलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ।

यसअघि पनि प्रहरीले कागजात नभएका मोटरसाइकल नियन्त्रणमा लिई भन्सार चलान गर्दै आएको थियो। प्रहरीले सर्वसाधारणलाई वैधानिक कागजातबिना मोटरसाइकल नचलाउन आग्रह गर्दै अवैध सवारीसाधन प्रयोग गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस