आज महाशिवरात्रि, भगवान् शिवको आराधना गरि मनाउदैं

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन १४, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
आज महाशिवरात्रि, भगवान् शिवको आराधना गरि मनाउदैं

वर्तमानकाल सम्वाददाता
फाल्गुन १४ गते ।

हिन्दुहरूको प्रमुख चाडहरूमध्ये महाशिवरात्रि पनि एक हो । फागुन कृष्ण चतुर्दशीका दिन अर्थात आजको दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा पुराणहरूमा वर्णन गरिएको छ ।

विशेष गरी शिवरात्रि भगवान् शिवको प्रमुख पर्व हो । व्रतोत्सवहरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरू शुद्ध भई शिव मन्दिरमा पूजा, अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । यस पर्वका दिन उपवास गरी ुऊँ नमः शिवायु मन्त्र जप्ने गरेमा पृथ्वीमा सबै कुराले सम्पन्न भई मरेपछि यमलोक जानु नपर्ने र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको को दिनको रुममा मनाइन्छ ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनी शास्त्रमा लेखिएको छ । शिवरात्रि व्रतकालमा भगवान् शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ ।

पूजन वा शिवार्चनमा ईशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भव मूर्तिलाई महले स्नान गराइन्छ । शिवमहापुराणको कोटिरुद्रसंहितामा शिवरात्रिको महत्त्व बताउँदै भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस