नगर प्रमुख कुर्मिले उद्धघाटन गरे पश्चात,बृन्दावनमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन १६, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
नगर प्रमुख कुर्मिले उद्धघाटन गरे पश्चात,बृन्दावनमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रमेश कुमार यादब
फाल्गुन १५, रौतहट

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ बृन्दावन नगरपालिकामा आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको नगर स्तरीय प्रतियोगिता बृन्दावन नगरपालिका-७, सखुआवा धमौरामा सञ्चालन भइरहेको छ । प्रतियोगिताको उद्घाटन बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मिले परम्परागत रुपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

उद्घाटन समारोहको अध्यक्षता वडा नं. ७ का वडा अध्यक्ष जग्रनाथ प्रसाद भेडिहरले गर्नुभएको थियो । नगर प्रमुख कुर्मिले उद्घाटन कार्यक्रममा खेलकुदको महत्त्वबारे प्रकाश पार्दै नगर र जिल्लाको पहिचान खेलकुदमार्फत उजागर गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य छ । यसले युवाहरूलाई स्वस्थ राख्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ ।

नगरपालिकाले खेलाडीहरूको उचित व्यवस्थापनका लागि आवश्यक सहयोग गर्नेछ ।“ उनले खेलकुदले न केवल व्यक्तिको शारीरिक र मानसिक विकासमा योगदान पु¥याउने, बल्कि नगर, जिल्ला तथा राष्ट्रको पहिचान बनाउन समेत सहयोगी भूमिका निर्वाह गर्ने बताए । उहाँले प्रादेशिक तथा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत यहाँका खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको बताउँदै नगरपालिकाले खेल पूर्वाधार तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो । बृन्दावन नगरपालिका-७ स्थित श्री रुपा नेपाली पाल मा.वि., सखुआवा धमौराको खेलमैदानमा सञ्चालन भइरहेको यो प्रतियोगिता फागुन १५ गतेदेखि १८ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा नगरपालिकाभित्रका ९ वटा विद्यालयका विद्यार्थीहरू सहभागी छन् । प्रतियोगितामा सहभागि हुने बिधालय श्री रुपा नेपाली पाल मा.वि सखुआवा धमौरा, श्री नमुना मा.वि बरगजवा , श्री बतहु मा.वि हर्षाहा , श्री मा.वि बिश्रामपुर, श्री सरस्वती मा.वि हर्दिया पल्टुवा, श्री नेपाल मा.वि बिश्रामपुर , श्री अधारभुत बिधालय रमौली बैरिया, श्री अधारभुत बिधालय नरकटिया भवानीपुर र श्री लक्ष्मी बासुदेव आधारभुत बिधालय धनगढी रहेका छन । त्यसतै यस बिधालयका बिधार्थीहरुले प्रतियोगितामा खेलिने प्रमुख खेलहरू एथलेटिक्स (दौड, हाई जम्प, लङ जम्प, ज्याभलिन थ्रो) र भलिबल जस्ता खेलहरु रहेका आयोजक समुहले जानकारी दिएका छन ।

यस राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले भने नगरपालिकाको बिकाससंगै यस खेलकुद पनि एक बिकासको नै अंग भएको आवधारण राख्नु भएको थियो ।
अधिकृत भुजेलले हामिले नगरपालिकाको बिकासको लागी सम्पुर्ण प्रकारको मिहीनेतसंग लागी परेका छौं, यस प्रतियोगिताले बिधार्थीहरुमा उर्जा, बिकास र शरिरमा फुर्ति समेत लयाउनमा सहयोग गर्ने बिश्वास गर्नु भएको थियो । त्यसतै सोहि कार्यक्रममा बिभिन्न वार्डका वडाअध्यक्षहरुले आ-आफ्नो मन्तब्य राख्नु भएको थिए । उक्त उद्धघाटन समारोहलाई अझैं मनोरञ्जन्तमक बनाउन सहभागिता बिभिन्न बिधालयका बिधार्थीहरुले नृत्य देखाएर उल्लासम्य बनाउनु भएको थियो ।

बिधार्थीहरुले देखाएको नृत्यको कदर गर्दै अझैं यस भन्दा राम्रो नृत्य गरौं भने उनीहरुको होसला बढाउन प्रत्येक बिधालयका बिधार्थीहरुलाई नगर प्रमुख कुर्मिले ५ हजार १ सय रुपैंया उपहार स्वरुप नगद प्रदान गरिएको थियो । कार्यक्रममा नगरका ७ वटै वडाका वडाध्यक्षहरू, शिक्षा तथा खेलकुद शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, सञ्चारकर्मी लगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

नगरपालिकाले भविष्यमा खेलाडीहरूलाई अझ व्यवस्थित रूपमा प्रशिक्षण दिने, खेलमैदान तथा आवश्यक खेल सामग्री उपलब्ध गराउने योजना रहेको नगर प्रमुख कुर्मिले बताउनु भयो । उहाँले खेलकुदले युवा पुस्तालाई अनुशासन सिकाउनुका साथै शारीरिक स्फूर्ति प्रदान गर्ने भएकाले यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । नगरपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसर भएको भन्दै सहभागीहरूले प्रशंसा गरेका छन् ।

खेलकुदको माध्यमबाट अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न मद्दत पुग्ने आयोजक पक्षले जनाएको छ । प्रतियोगिता फागुन १८ गते समापन हुने आयोजक समितिले जनाउनुको साथै जसमा उत्कृष्ट खेलाडीहरूलाई नगरपालिकाद्वारा
पुरस्कृत गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस