रमेश कुमार यादब
फाल्गुन १५, रौतहट
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ बृन्दावन नगरपालिकामा आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको नगर स्तरीय प्रतियोगिता बृन्दावन नगरपालिका-७, सखुआवा धमौरामा सञ्चालन भइरहेको छ । प्रतियोगिताको उद्घाटन बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मिले परम्परागत रुपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

उद्घाटन समारोहको अध्यक्षता वडा नं. ७ का वडा अध्यक्ष जग्रनाथ प्रसाद भेडिहरले गर्नुभएको थियो । नगर प्रमुख कुर्मिले उद्घाटन कार्यक्रममा खेलकुदको महत्त्वबारे प्रकाश पार्दै नगर र जिल्लाको पहिचान खेलकुदमार्फत उजागर गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य छ । यसले युवाहरूलाई स्वस्थ राख्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ ।
नगरपालिकाले खेलाडीहरूको उचित व्यवस्थापनका लागि आवश्यक सहयोग गर्नेछ ।“ उनले खेलकुदले न केवल व्यक्तिको शारीरिक र मानसिक विकासमा योगदान पु¥याउने, बल्कि नगर, जिल्ला तथा राष्ट्रको पहिचान बनाउन समेत सहयोगी भूमिका निर्वाह गर्ने बताए । उहाँले प्रादेशिक तथा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत यहाँका खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको बताउँदै नगरपालिकाले खेल पूर्वाधार तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो । बृन्दावन नगरपालिका-७ स्थित श्री रुपा नेपाली पाल मा.वि., सखुआवा धमौराको खेलमैदानमा सञ्चालन भइरहेको यो प्रतियोगिता फागुन १५ गतेदेखि १८ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा नगरपालिकाभित्रका ९ वटा विद्यालयका विद्यार्थीहरू सहभागी छन् । प्रतियोगितामा सहभागि हुने बिधालय श्री रुपा नेपाली पाल मा.वि सखुआवा धमौरा, श्री नमुना मा.वि बरगजवा , श्री बतहु मा.वि हर्षाहा , श्री मा.वि बिश्रामपुर, श्री सरस्वती मा.वि हर्दिया पल्टुवा, श्री नेपाल मा.वि बिश्रामपुर , श्री अधारभुत बिधालय रमौली बैरिया, श्री अधारभुत बिधालय नरकटिया भवानीपुर र श्री लक्ष्मी बासुदेव आधारभुत बिधालय धनगढी रहेका छन । त्यसतै यस बिधालयका बिधार्थीहरुले प्रतियोगितामा खेलिने प्रमुख खेलहरू एथलेटिक्स (दौड, हाई जम्प, लङ जम्प, ज्याभलिन थ्रो) र भलिबल जस्ता खेलहरु रहेका आयोजक समुहले जानकारी दिएका छन ।
यस राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले भने नगरपालिकाको बिकाससंगै यस खेलकुद पनि एक बिकासको नै अंग भएको आवधारण राख्नु भएको थियो ।
अधिकृत भुजेलले हामिले नगरपालिकाको बिकासको लागी सम्पुर्ण प्रकारको मिहीनेतसंग लागी परेका छौं, यस प्रतियोगिताले बिधार्थीहरुमा उर्जा, बिकास र शरिरमा फुर्ति समेत लयाउनमा सहयोग गर्ने बिश्वास गर्नु भएको थियो । त्यसतै सोहि कार्यक्रममा बिभिन्न वार्डका वडाअध्यक्षहरुले आ-आफ्नो मन्तब्य राख्नु भएको थिए । उक्त उद्धघाटन समारोहलाई अझैं मनोरञ्जन्तमक बनाउन सहभागिता बिभिन्न बिधालयका बिधार्थीहरुले नृत्य देखाएर उल्लासम्य बनाउनु भएको थियो ।

बिधार्थीहरुले देखाएको नृत्यको कदर गर्दै अझैं यस भन्दा राम्रो नृत्य गरौं भने उनीहरुको होसला बढाउन प्रत्येक बिधालयका बिधार्थीहरुलाई नगर प्रमुख कुर्मिले ५ हजार १ सय रुपैंया उपहार स्वरुप नगद प्रदान गरिएको थियो । कार्यक्रममा नगरका ७ वटै वडाका वडाध्यक्षहरू, शिक्षा तथा खेलकुद शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, सञ्चारकर्मी लगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
नगरपालिकाले भविष्यमा खेलाडीहरूलाई अझ व्यवस्थित रूपमा प्रशिक्षण दिने, खेलमैदान तथा आवश्यक खेल सामग्री उपलब्ध गराउने योजना रहेको नगर प्रमुख कुर्मिले बताउनु भयो । उहाँले खेलकुदले युवा पुस्तालाई अनुशासन सिकाउनुका साथै शारीरिक स्फूर्ति प्रदान गर्ने भएकाले यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । नगरपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसर भएको भन्दै सहभागीहरूले प्रशंसा गरेका छन् ।

खेलकुदको माध्यमबाट अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न मद्दत पुग्ने आयोजक पक्षले जनाएको छ । प्रतियोगिता फागुन १८ गते समापन हुने आयोजक समितिले जनाउनुको साथै जसमा उत्कृष्ट खेलाडीहरूलाई नगरपालिकाद्वारा
पुरस्कृत गरिनेछ ।