वर्तमानकाल सम्वाददाता
फाल्गुन १५ गते ।
दुबईबाट आएको फ्लाई दुबईको एफजेएड ५७५ नम्बरको विमान बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा अवतरण भयो । उक्त अन्य यात्रु जस्तै उक्त विमानमार्फत काठमाडौं आएका चार उज्बेकिस्तान नागरिक पनि विमानस्थलको सुरक्षा जाँच पास हुँदै बाहिरिए । अध्यागनको जाँच पास गरेर बाहिरिएका उनीहरूलाई कुनै शंकास्पद वस्तु बरामद भएन । जब अध्यागमन र भन्सारको जाँच पासबाट उनीहरू बाहिर त्यसपछि भने प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो । जब प्रहरीको टर्मिनल गेटमा चार उज्बेकिस्तानी नागरिक आइपुगे, त्यसपछि मात्रै शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो ।
प्रहरीले नियन्त्रमा लिएका व्यक्तिहरूको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ नाम उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार तुर्सुनोभ बाहेक अरू सबै महिला हुन् । बुधबार राति पौन ९ बजेतिर पक्राउ परेका उनीहरूबाट प्रहरीले ३ किलो ७४५ ग्रााम सुन बरामद गरेको छ । मलद्वारमा लुकाइएको थियो सुन प्रहरीले पक्राउ परेका चारै जनाको मलद्वारबाट पौने चार किलो सुन बरामद गरेको छ ।
सुन गालेर गोल गुच्चाको आकारमा बनाएर ल्याइएको अवस्थामा प्रहरीले बरामद गरेको छ । सानो–सानो गुच्चाको आकारमो डल्लो बनाएपछि उक्त सुन चारै जनाले मलद्वारमा लुकाएर दुबईबाट काठमाडौं ल्याइपु¥याएको देखिएको छ । जाँच गर्दा मलद्वारमा सुन लुकाएर ल्याएको भेटिएपछि उक्त सुन निकालिएको थियो । चार जानबाट २४ वटा गुच्चा आकारका डल्लामा सुन बरामद भएको छ । उक्त सुनको गन्तव्य तेस्रो मुलुक रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । भारतलाई ट्रान्जिट बनाएर उनीहरूले सुन तेस्रो मुलुक लैजान लागेको प्रहरीको आशंका छ ।
महिला भरिया, पुरुष मालिक प्रहरीको पारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका चार जनामा मालिक र भरिया दुवै रहेका छन् । एसएसपी राठौरका अनुसार अहिलेसम्मको अनुसन्धानले पक्राउ परेका तीन महिला भरिया रहेको देखाएको छ । पक्राउ परेका एक पुरुष भने मालिक रहेको देखिएको छ । पक्राउ परेका महिलाले आफूलाई सुनबारे जानकारी नभएको र यसको सम्पूर्ण जानकारी तुर्सोनोभलाई हुने बयान दिएका छन् । स्रोतकाअनुसार केही रकम पाउने र नेपाल पनि घुम्न पाउने प्रलोभनमा परेर उनीहरू सुन बोकेर नेपाल आउन तयार भएको देखिएको छ । उनीहरूलाई तुर्सोनोभले भरियाको रुपमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।